काठमाडौं- दस वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा पीडित बनेकाहरूले सकारले आफूहरूलाई बेवास्ता गरेको भन्दै गुनासो गरेका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा पीडितहरूले यस्तो चेतावनी दिएका हुन्।
कार्यक्रममा बोल्दै पीडितकी एक प्रतिनिधि भावना विद्रोहीले सरकार र सरकार सम्हालेको मुख्य दल नेकपाले आफूहरुलाई वास्ता नगरेको र आफ्ना पीडामा मल्हम लगाउनुको सट्टा अपराधीको जस्तो व्यवहार गरेको बताएकी छन्।
आफूहरूका मागका सम्बन्धमा कुनै चासो नदिए अब आफूहरू सहन नसक्ने बताइन्।
प्रचण्डतर्फ संकेत गर्दै उनले भनिन्, 'हामी तपाईका छोराछोरीले तपाईकै निर्देशनमा युद्धमा लड्यौं। तर तपाई त उल्टै हामीलाई नै दबाउन थाल्नुभयो। हामी अब सहन सक्दैनौं। हामी अब बम पड्कन पनि तयार छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।