काठमाडौं- बलिउडका दिग्गज कलाकार हुन् अमिताभ बच्चन।
उनलाई मंगलबार भारतीय सिनेमाकै सबैभन्दा ठूलो सम्मान 'दादासाहब फाल्के अवार्ड' दिने घोषणा भयो। सूचना मन्त्री प्रकाश जावडेकरले ट्वीट गर्दै अवार्डबारे जानकारी दिए।
घोषणापश्चात् अमिताभको विश्वभरका प्रशंसकहरूले सोसल मिडियामार्फत् बधाई दिए। त्यसपछि अमिताभले पनि ट्वीटमार्फत् उक्त अवार्डबारे प्रतिकृया दिए। उनले ट्वीटमा हात जोड्दै धन्यवाद गर्दै गरेको उक तस्बिर सेयर गरे। उनले तस्बिरको क्याप्सनमा लेखेका छन्, 'आभारी छु म। परिपूर्ण, आभार र धन्वयाद। म केवल एक विनयपूर्ण, विनम्र अमिताभ बच्चन हुँ। थाहा छ, ५ दशकदेखि सिल्वर स्क्रिनमा उम्दा रोल गरेर दर्शकको इन्टरटेन गरिरहेको अमिताभ बच्चन ७६ वर्षको उमेरमा पनि सक्रिय छ।'


अमिताभका छोरा अभिषेकले पनि पिताको मिल्दै गरेको उक्त सम्मानमा खुसी सेयर गरे। उनले मन्त्री जावडेकरको ट्वीट सेर गर्दै आफ्नो ट्वीटमार्फत् बाबुलाई बधाई दिएका छन्।


त्यसैगरी उनलाई उनका नजिकका आफन्त र अन्य प्रशंसकहरूले खुसी हुँदै ट्वीट सेयर गरिरहेका छन्।

अमिताभले आफ्नो करिअरमा निकै सुपरहिट फिल्म दिइरहेका छन्। उनको स्टाइल, एक्टिङको धेरैले फलो गर्दै आएका छन्। अमिताभको एंग्री म्यान वा महानायकको उपमा बलिउडले दिएको छ। उनको पहिलो फिल्म 'सात हिन्दुस्तानी' थियो।
यस फिल्ममा उनलाई बेस्ट न्यूकमरको नेशनल अवार्ड मिलेको थियो। यसपछि कयौं हिट फिल्ममा लगातार काम गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।