• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विश्लेषक भुर्तेलको निचोड : नेतृत्व जागृत नभई कांग्रेसको जागरण हुँदैन

64x64
नेपाल लाइभ बिहीबार, असोज ९, २०७६  ११:०१
1140x725

काठमाडौं- नेपाली कांग्रेसको राजनीतिलाई नजिकबाट अध्ययन गरिरहेका लेखक तथा राजनीतिक विश्लेषक जुगल भुर्तेलले शीर्ष नेतृत्व जागृत नभएसम्म कांग्रेसको जागरण हुन नसक्ने बताएका छन्।

दुई चरणको जागरण अभियानले पार्टीमा उत्साह थपेको विचार आइरहँदा भुर्तेल त्यसलाई आंशिक सत्यता मात्रै ठान्छन्। जनजागरणको स्थानमा पार्टीमा सैद्धान्तिक जागरण आवश्यक रहेको उनको भनाइ छ। नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘सैद्धान्तिक जागरण कांग्रेसले खोजिरहेको छ। सैद्धान्तिक जागरण विनाका अभियानले कांग्रेस जागृत हुन सक्दैन।’

कांग्रेस आफ्नै सिद्धान्तमा प्रष्ट नभएको भुर्तेलको बुझाई छ। उदार लोकतन्त्रको विचारमाथि संसारभर प्रहार भइरहेको भुर्तेलले बताए। अमेरिकामा ट्रम्पको उदय र भारतमा नरेन्द्र मोदीको सत्तारोहण लोकतान्त्रिक विधिबाट भए पनि उदार लोकतन्त्रका विपक्षमा उनीहरु देखिएको आलोचना हुँदै आएको छ। विश्व परिवेशको देखाउँदै भुर्तेलले भने, ‘लोकतान्त्रिक ढंगले सरकारहरु चुनिएका छन्। तर, उदारवादी लोकतन्त्रमाथि प्रहार भइरहेको छ।’

विश्वमा देखिएको प्रवृत्ति नेपालमा पनि देखिएको उनको निष्कर्ष छ। कांग्रेसको सिद्धान्तमाथि लोकतान्त्रिक विधिबाट निर्वाचित शक्तिले आक्रमण गरेको भुर्तेलको बुझाई छ।

कांग्रेसले वर्तमान सरकार अधिनायकवादी शैलीमा सञ्चालित भएको आरोप लगाउँदै आएको छ। पार्टी भित्रका विचारमा मतान्तर रहेको कांग्रेसले सरकारको प्रतिवाद गर्ने हैसियतमा चुकेको पार्टीभित्रै आवाज उठिरहेको छ। भुर्तेल भन्छन्, ‘सैद्धान्तिक रुपमा पार्टीले कुन विधि पक्रने दुई प्रकारको द्वन्द्व अहिले पार्टीभित्र छ।’ बिपीको नीति अनुसरण गर्न नसक्दा तीन तहको निर्वाचनमा पराजय भोगेको कांग्रेस वृत्तमा चर्चा सुनिन्छ। बिपीको विचार बिर्सिएर पार्टी पराजय भएको निष्कर्ष निकाल्नेहरुले बिपीको लाइनलाई स्पष्टरुपमा बताउन भने सकेका छैनन्।

धार्मिक कट्टरपन्थी शक्ति र राजावादी शक्तिले बिपीको नाम भजाएर वा दुरुपयोग गरेर पार्टीभित्र पस्ने प्रयत्न गरिरहेका छन्।

प्राप्त परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने एउटा समूह पार्टीमा विद्यमान रहेको भुर्तेलको जिकिर छ। उनी भन्छन्, ‘बिपीको विचार पार्टीले त्यागेको भन्नेहरुमा धर्म र संघीयताका विषयमा ठूलो संशय छ।’ संविधान कांग्रेसकै नेतृत्वमा आएको र निर्वाचन कांग्रेसकै नेतृत्वमा सफल भएको बुझाउन नसक्दा गलत विचारले प्रश्रय पाएको भुर्तेल बताउँछन्। पार्टीको सैद्धान्तिक विचारमार्फत ढाडस दिन नसके परिवर्तनलाई नस्विकार्नेहरुको संख्या थपिने उनले आँकलन गरे।

पुरातन सोच भएको तप्कालाई काउन्टर गर्ने वा वैचारिक रुपमा प्रतिवाद गर्नेहरुलाई महाधिवेशन लागिसकेको भुर्तेलको बुझाई छ। उनी भन्छन्, ‘बिपीको विचार छोडेर कांग्रेस बिग्रियो भन्ने विचार झन-झन बलियो हुँदै गएको छ। विचारबाट ढाडस दिने वा प्रतिवाद गर्नेहरुलार्ई फुर्सद छैन।’

Ncell 2
Ncell 2

विचारमा एकमत नहुँदा राजावादी शक्ति कांग्रेसमा खेल्ने अवसर पाएकोमा उनले चिन्ता व्यक्त गर्दै भने, ‘धार्मिक कट्टरपन्थी शक्ति र राजावादी शक्तिले बिपीको नाम भजाएर वा दुरुपयोग गरेर पार्टीभित्र पस्ने प्रयत्न गरिरहेका छन्।’

द्धिविधाग्रस्त कांग्रेसले विचारमा स्पष्टता नभई गरेका जागरण अभियानले पार्टीलाई तात्विक प्रभाव नपर्नेमा भुर्तेल ढुक्क छन्। उनको नेताहरुलाई सुझाव छ, ‘वैचारिक स्पष्टता भएका नेताहरुले सैद्धान्तिक जागरण अभियान सञ्चालन गर्नुपर्छ। अन्यथा पार्टी झन कमजोर हुँदै जान्छ।’

क्रियाशील सदस्यताको वितरण प्रक्रियालाई परिमार्जन गर्न सजिलै नेताहरुले दिँदैनन्। यो लडाइँ नजितिकन कांग्रेसमा नयाँ विचार र अनुहारले ठाँउ पाउनै सक्दैनन्।

जागरण अभियानमा कांग्रेसले प्राथमिकताको क्षेत्र बिर्सिएको निर्क्यौल निकालेका भुर्तेलले फोकस गर्नुपर्ने विषयबाट कांग्रेस विकेन्द्रित भएको बताए। उनले भने, ‘पहिलो चरणको जागरण अभियान आफ्नो गुट सुदृढीकरणमा केन्द्रित गरियो। त्यसबाट अभियानको उद्देश्य पूरा हुने सम्भावना नै थिएन।’

दोश्रो चरणको अभियानबाट पनि स्थानीय स्तरमा उत्साह जगाउन नसकेको उनको ठम्याई छ। जागरण अभियान सशक्त नहुनुमा प्रतिपक्षको भूमिकामा फितलो हुनु र नेताहरु बीचमा अनावश्यक प्रतिस्पर्धा भएको उनले औंल्याए। उनले भने, ‘जागरण कार्यकर्तालाई आवश्यकता छैन। थप जागरणको आवश्यकता टाउको (नेतृत्व)लाई  छ।’

‘म पनि नेता नै हुँ’ भनि अनुहार देखाउन र आत्मकेन्द्रित प्रदर्शनमा जागरण अभियानका दुई संस्करण सकिएको उनले आरोप लगाए।

जनतासँग जोडिने पुलको रुपमा परिभाषित अभियानले आशातित सफलता प्राप्त गर्न कांग्रेस चुकेको उनको निचोड छ। पराजयपछिको निराशालाई कार्यकताले चिरिसकेका भुर्तेलले बताए। भुर्तेल भन्छन्, ‘पार्टी सुधार्न तल जानुभन्दा पहिले माथि सुध्रिनुपर्छ।’

समाजवादलाई बुझाउने विषयमा पनि कांग्रेस चुकेको भुर्तेलको दाबी छ। समाजवादलाई अर्थ्याउँदा कांग्रेस र कम्युनिस्टमा के कति कारणले अन्तर छ? कांग्रेसले अनुसरण गरेको समाजवादलाई उनले जनतामा बुझाउन सुझाए।

महाधिवेशनमा प्रतिनिधि छान्ने प्रक्रियामा भएको अस्वस्थ प्रतिस्पर्धाले कांग्रेस झनै कमजोर हुने गरेको उनको बुझाई छ। सदस्यता वितरणलाई नेताहरुले सिण्डिकेटमा आधारित बनाएको भुर्तेलले आरोप लगाए। आफ्नो भोटर आफैं छान्ने र उनीहरु मार्फत नै आफूलाई नेतृत्वमा चयन गर्ने गलत पद्धति विकास भएको जनाउँदै उनले चिन्ता व्यक्त गरे।

प्रतिपक्षका लागि यो अत्यन्तै उर्वर समय हो। तर, आफैं भित्रको किचलोबाट कांग्रेसमाथि उठ्न सकेको छैन।

कांग्रेसमा प्रचलित प्रावधान बारे भने, ‘महाधिवेसन प्रतिनिधि छनोट गर्दा आफू चुनिनेगरी नेताहरुले अनुयायी(क्रियाशील सदस्य) खडा गरेका हुन्छन्।’ पद्धति बेठिक भए पनि कुनै पनि नेता उक्त विधि तोड्न चाहँदैनन्। किन त? भुर्तेलको स्पष्ट विचार छ, ‘नयाँ व्यक्ति वा विचार प्रवेश हुनासाथ नेताहरुले खाइपाइ आएको सकिने डर छ। उनीहरुको हालीमुहाली ध्वस्त हुन्छ।’

सदस्यता वितरणको क्रममा हुने अवरोधले विसंगति निम्तिएको उनले बताए। क्रियाशील सदस्यताको वितरण प्रक्रियालाई परिमार्जन नगरे संगठन र नेतृत्व धप धराशायी हुने उनले ठोकुवा गरे। प्रचलित प्रक्रिया परिवर्तन हुनेमा संशय राख्दै भुर्तेलले भने, ‘यो प्रक्रियालाई परिमार्जन गर्न सजिलै नेताहरुले दिँदैनन्। यो लडाइँ नजितिकन कांग्रेसमा नयाँ विचार र अनुहारले ठाँउ पाउनै सक्दैनन्।’

भुर्तेलले प्रतिपक्षीय भूमिका कमजोर हुनु सर्वस्विकार्य तथ्य भएको टिप्पणी गरे। सरकारका गलत कदमलाई जनताका बीचमा प्रभावकारी ढंगले कांग्रेसले पुर्‍याउन नसकेको दाबी गर्दै उनले भने, ‘प्रतिपक्षका लागि यो अत्यन्तै उर्वर समय हो। तर, आफैं भित्रको किचलोबाट कांग्रेसमाथि उठ्न सकेको छैन।’

विचारको द्धिविधा कायम रहेसम्म कांग्रेसको विरोध यत्तिमै सीमित हुने उनको आँकलन छ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा
सम्बन्धित सामग्री
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा आफ्नो निवास महाराजगञ्जमा छलफल गरेका देउवा पार्टीमा एकता कायम गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सम्वाद गर्न तय... सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बैठक मंगलबारसम्म लम्बिएको बताए । सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले भने, ‘अहिले मुलुक गम्भीर अवस्थामा छ । पार्टी पनि त्यतिकै गम्भीर अवस्थामा छ । पार्ट... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश सोमबार, पुस २८, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्