• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मुटुका लागि मदिरा राम्रो कि नराम्रो ?

64x64
नेपाल लाइभ सोमबार, माघ २९, २०७४  २२:३३
1140x725

डाक्टरसाब्, म त रक्सी खान्न, कहिलेकांही वियर मात्रै हो ।

डाक्टरसाब्, दिनहुं अलिअलि रक्सी त मुटुलाई राम्रो भन्छन् नि होइन ?

डाक्टरसाब्, म त पिउने भनेको विदेशी मात्रै हो, नेपाली, लोकल भनेको त छुदा पनि छुन्न ।

मदिरा भन्नाले अल्कोहोलयुक्त पेय पदार्थलाई भनिन्छ । सबैलाई थाहा छ, मदिरा सेवन गर्नुहुँदैन ।

सबैलाई थाहा छ, मदिराले स्वास्थ्यलाई नराम्रो गर्छ ।

तर पनि मानिसको स्वभाव – हानि नै गर्छ भन्ने थाहा पाएर पनि सेवन गर्नैपर्छ ।

कहिले थकाइ लागेर, कहिले टेन्सन भएर, कहिले प्रगति भएर, कहिले अरुको मन राख्न, कहिले चाडवाड  परेर ।

चाडवाड, भोजभतेरमा त रक्सीको उपस्थिति नै आफ्नो स्ट्याटस् को पहिचान बन्छ । कसले कति महंगो रक्सीले पाहुनाको सत्कार गर्नसक्यो, त्यति नै हाइ प्रोफाइल ।
मदिरा पिउने बानी पनि फरक–फरक हुन्छ । केही काम नगर्नेहरु विहानैदेखि शुरु गर्छन् । कोहीकोहीलाई साँझ परेपछि अलिकति पिउनैपर्ने हुन्छ । कोही गुड फ्राइडे मात्र पिउछन् भने कोही साथीभाई भेटेपछि पिउनैपर्ने खालका हुन्छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

कोही नियमित निर्धारित परिमाण पिउने स्वभावका हुन्छन् भने कोही पिएपछि मात्तिनैपर्छ भन्ने मान्यता राख्छन् । मदिरा पिउने बानी भएका मानिसहरु अधिकांश मांशहारी नै हुन्छन् । भुटेको, तारेको, साँधेको मासुका परिकारहरु मदिरासंग मिठो पनि मानिन्छन् ।

हाम्रो सोचाई

हाम्रो समाजमा रक्सीको कुरामा डाक्टरहरुको दुइथरी भनाई अगाडि आउछन् । एकथरी खादै नखाने सल्लाह दिन्छन् भने अर्काथरी केही मात्रामा दिनहु खाने गरेमा शरीरलाई फाइदा नै गर्छ भन्ने गर्छन् । विरामी पनि त्यस्तै हुन्छन् । अलिअलि खाने बानीले राम्रै गर्छ भन्ने सल्लाहकै पछि लाग्छन् तर त्यो अलिअलि कति हो ? धेरै कमलाई मात्र थाहा हुन्छ । मैले दैनिक चेकजाँच गर्ने सिलसिलामा करीब पाँच प्रतिशत विरामी मात्र आफूलाई नियन्त्रणमा राखेर पिउने बानी भएको भेटेको छु ।

शुरुमा दुइ पेगमात्रै हो भनेर शुरु गर्ने अनि दुइपछि अलिकति अलिकति भन्दै बढाउदै जाने प्रवृत्ति पनि धेरै भेटिने नगरेको होइन । त्यसैले कुनै डाक्टरले पिउने सल्लाह दिन्छन् भने कति पिउने हो मात्रा पनि सोध्न र आफूलाई अनुशासनमा पनि राख्न जरुरी छ । आफूलाई नियन्त्रणमा राख्न सकिन्न भने त्यस्ता व्यक्तिले पिउने बानी छोडेकै राम्रो ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रक्सी नखाइ वियर, वाइन खाए हुन्न र ?

व्हिस्कि खानुस्, वाइन खानुस्, वियर खानुस्, भोड्का, लोकल, रम, जीन जे पिएपनि सबैमा अल्कोहोलको मात्रा भइहाल्छ । कुरा प्रतिशतको मात्रै हो र प्रतिशत बोतलमा उल्लेख गरिएको हुन्छ ।

कुनैमा बढी त कुनैमा कम मात्रा हुन्छ । व्हिस्किमा अल्कोहोलको मात्रा झण्डै ४० प्रतिशतको हाराहारीमा हुन्छ भने वाइनमा १२ त वियरमा ५ देखि ६ प्रतिशत । घरमै बनाइने लोकल रक्सीको बारेमा जानकारी पाइएन ।

हरेक कुराको केही न केही राम्रा–नराम्रा पक्ष भएझैं यस्ता अल्कोहोलयुक्त पेय (हार्ड ड्रिङस्) का पनि केही राम्रा नराम्रा पक्ष छन् ।  

अहिलेसम्म भएका अध्ययन अनुसार वाइन पिउनु स्वास्थ्यको लागि राम्रो मानिन्छ । तर यसको फाइदा यसमा रहेको अल्कोहोलको कारणले भन्दा पनि यसमा प्रयोग हुने अंगुर तथा अन्य फलफूलको रसले हो । यस्ता फलफूलको रसमा पाइने विभिन्न एण्टिअक्सिडेण्टहरुल शरीरमा फाइदा गरिरहेको हुन्छ । जुन कुरा नियमित फलफूल खानाले पनि प्राप्त हुन्छ । यसको मात्रा भोड्का तथा व्हिस्कि जातिमा कम हुन्छ भने वियरमा वाइन जतिकै हुन्छ ।  

अल्कोहोलको मुटुमा राम्रो असर भनेको यसले रगतमा हुने राम्रो कोलेस्टेरोल (एचडिएल)को मात्रा बढाइदिन्छ । तर यस्को मतलब एचडिएल बढाउन रक्सी खानैपर्ने भन्ने होइन ।

दिनहु व्यायाम गरेमा पनि यसको मात्रा बढेर जान्छ । रक्तचापलाई कम गर्ने, तथा रक्तनलीमा रगत जम्न नदिने यसका केही राम्रा पक्ष हुन् । तर सिफारिश गरिएभन्दा बढी रक्सि सेवनले रक्तचाप बढाउने, कलेजो खराब गर्ने, मोटोपना बढाउने, दिमागको पक्षघात गराउने तथा सुगरको समस्या शुरु हुने हुन्छ । मुटुको चालको गडबडी तथा मुटुको मांशपेशीको रोग कार्डियोमायोप्याथी पनि रक्सीको अत्यधिक सेवनले गराउनसक्छ । जसको कारण पनि मानिसको मृत्यु हुनसक्छ ।

कति हो त स्ट्यान्डर्ड ड्रिङ्स ?

नेशनल इन्ष्टिच्यूट अफ अल्कोहोल अब्यूज एण्ड अल्कोहोलिजमका अनुसार कुनै पनि पेय पदार्थ जसमा १४ ग्राम अल्कोहोल रहेको हुन्छ, त्यसलाइ स्टान्डार्ड ड्रिङ्स भनिन्छ ।

अमेरिकन हार्ट एसोसिएसन तथा अमेरिकन डाइबिटिज एशोसिएसन दुबैका अनुसार व्हिस्कि, स्पिरिट सेवन गर्ने हो भने ४५ मिलि, वियर हो भने ३४० मिलि तथा वाइन र साइडर हो भने १४० मिलिलाई स्ट्यान्डर्ड ड्रिङ्स भन्ने मान्यता दिइएको छ । ४५ वर्षमाथिका स्वस्थ शरीर भएका महिलाहरुले दैनिक एक तथा पुरुषहरुले दिनको दुइ स्ट्यान्डर्ड ड्रिङ्ससम्म पिउन सकिने तथा मदिराको सेवन गर्नेलाई अनुशासनमा बसेर सेवन गर्ने सल्लाह दिन्छ भने शुरु गरी नसकेकाहरुलाई शुरु नै नगर्ने सल्लाह दिन्छ ।

मदिरा र मुटुरोग

अमेरिकन हार्ट एशोसिएसनको वेवसाइटमा उल्लेख गरिएको अध्ययन अनुसार माथि उल्लेखित स्ट्यान्डर्ड ड्रिङ्स गर्ने मानिसहरु भन्दा अल्कोहोल सेवन नगर्ने मानिसको मृत्यु मुटुरोगको कारण बढी भएको पाइयो । अध्ययनमा के पनि देखाएको थियो भने दिनमा २ भन्दा बढी पटक अल्कोहोल सेवन गर्ने मानिसको मृत्यु नपिउने मानिसहरुभन्दा बढी पाइयो । तर मुटुरोग भएका विरामीहरुले मदिरा सेवन गर्दा मुटुको चाल गडबडी हुने, रक्तचाप अनियन्त्रित हुने, मुटुको काम गर्ने क्षमता कमजोर आदि समस्या हुने गरेकोले मदिराबाट टाढा रहनुनै सल्लाह दिइन्छ ।  

मदिरा र डाइबिटिज

सुगरका विरामीले मदिरा सेवन गर्नुपूर्व धेरै कुरा विचार गर्नुपर्दछ । अमेरिकन डाइबिटिज एशोसियसनले रगतमा सुगर अनियन्त्रित छ भने मदिरा सेवन वर्जित गरेको छ । एक दुइ ड्रिङ्सले सुगरका विरामीको रगतमा सुगरको मात्रा बढाइदिन्छ भने धेरै पिएमा सुगरको मात्रा धेरै नै कम गराइदिनसक्छ ।

मदिरा सेवन गरेपछिको २४ घण्टासम्म पनि यसले रगतमा सुगरको मात्रा कम गराउनसक्छ । रगतमा सुगरको मात्रा चाहिने भन्दा कम भएमा मानिसको मृत्युसमेत हुनपुग्छ ।

त्यसैले गर्ने नै हो भने मदिरा सेवन गर्नुपूर्व सुगरको अवस्था आवश्यक भन्दा कम छ कि हेरेर मात्र सेवन गर्नुपर्छ । साथै बीचबीचमा र २४ घण्टासम्म पटक पटक सुगर जांच गर्न सल्लाह दिन्छ ।

मदिरा सेवन गरेको बखत रगमा सुगरको मात्रा १०० देखि १४० भित्रै राख्नुपर्ने अमेरिकन डाइबिटिज एशोसियसनको सल्लाह छ । त्यसैले सुगरको विरामीले मदिरा सेवन गर्दा कहिलेपनि खालीपेटमा नगर्न र खानासंगै सेवन गर्न सल्लाह दिइन्छ ।

शरीरमा सुगर कम हुंदा देखिने लक्षणहरु जस्तै मुटुको ढुकढुकी बढ्ने, पसीना आउने, चक्कर आउने, बेहोश होला जस्तो हुने तथा हात काम्ने आदि बारे विरामीलाई पूर्ण जानकारी हुनुपर्छ ।  साथै कुनै मदिरा सेवन गर्दा विस्तारै सेवन गर्न र डाइट सोडा वा पानीसंग मिसाएर मात्र सेवन गर्नुपर्छ ।

वियर तथा वाइन जस्ता मदिरामा हुने गुलियोपना तथा क्यालोरीले रगतमा सुगरको मात्रा अनियन्त्रित गरिदिन्छ, वजन बढ्न मद्धत गर्छ । मदिराले भोक धेरै जगाउने भएकोले खानामा नियन्त्रण गर्न गाह्रो पर्न जान्छ । फलस्वरुप रगतमा सुगरको मात्रा बढ्न जान्छ ।

मदिराको सेवनले रक्तचाप तथा रगतमा खासगरी खराब कोलेस्टेरोल बढाइदिन्छ । यी सबै नकारात्मक असरहरुले अन्तमा असर पार्ने भनेको मुटुमै हो ।

हाम्रो समाजमा जनचेतनाको कमी छ । स्वास्थ्यप्रति गम्भीर भएको पाइंदैन । आफूलाई लागेको रोग, त्यसका लक्षणहरु, आकस्मिक अवस्थामा घरमै गर्नसकिने उपचारहरुबारे जानकारी, खाना सम्बन्धि आवश्यक जानकारी आदिको अभाव हुनाले सुगरका विरामीले पनि मदिरा सेवन नगर्नु नै हितकारी देखिन्छ ।

मासु र मदिरा

दशैंमा मासुसंगै मदिरा अनि चिल्लो, पीरो मसालेदार खानाहरु धेरै खानाले स्वस्थ मानिस पनि अस्वस्थ भई अस्पताल दौडनु परेको हुन्छ । त्यसैले खानेकुराको हकमा अलि बढी नै सचेत हुन जरुरी छ । खानेकुरा मासु खाँदा थोरैथोरै बरु धेरै पटक खानु राम्रो हुन्छ । तर मासुसगै सागपात र फलफूलसहितको सन्तुलित खाना खान जरुरी हुन्छ ।

अत्यधिक चिल्लो, मसालेदार बोसोयुक्त खानाले ग्याष्टिक बढाउने, अपच गराउने हुन्छ । बासी खाना, काँचो मासु खाने गर्नाले फूडप्वाइजन गराउनसक्छ ।

खानामा मसलाको अत्यधिक प्रयोग कम गरिनुपर्छ । रातो मासु अनि मदिराको अत्यधिक सेवनले रगतमा कोलेस्टेरोल तथा यूरिक एसिड बढाउने हुन्छ । जनावरको भन्दा कुखुुरा, हांस तथा माछा खानु राम्रो हुन्छ । सफ्ट ड्रिङ्सलेग्याष्टिक गराउने, मोटोपना बढाउने, तथा रगतमा खराक कोलेस्टेरोलको मात्रा बढाई दिन्छ । यस्ता बढी गुलियोपना भएका पेयपदार्थको सट्टामा सादा पानी पिउनु नै उत्तम हुन्छ ।

स्वस्थ मानिसले मदिरा सेवन गर्ने नै हो भने पनि माथि उल्लेखित मात्राको बिचार गर्नु जरुरी हुन्छ । मुख्य कुरा आफूमाथि नियन्त्रण हुनु जरुरी हुन्छ । विहानैदेखि रातिसम्म मदिरामै मस्त हुने बानीले आफैलाई भित्रभित्रै खराब गरिरहेको हुन्छ भन्ने विर्सनुहुंदैन ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  २२:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्