काठमाडौं- प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमालेका पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्।
माओवादीको समर्थनमा गुरुङले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष दाबी पेश गरेका थिए। एमालेका २७ र माओवादीका १२ हस्ताक्षरसहित कार्यालय पुगेका गुरुङलाई प्रदेश प्रमुख कुँवरले मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन्। गुरुङको सपथ फागुन २ गतेका लागि तोकिएको प्रदेश संसद सचिवालयले जनाएको छ।
एमालेबाट सर्वसम्मत रुपमा गुरुङ प्रदेशको संसदीय दलमा हिजो चयन भएका थिए। वाम गठबन्धनसँगको सहमति अनुसार एमालेले माओवादीको समर्थनमा प्रदेश ४ मा प्रादेशिक सरकारको नेतृत्व गर्ने तय थियो।
सोही अनुसार गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।