काठमाडौं– नयाँबसपार्कको एक होटलमा छापा हानी प्रहरीले ४ युवतीसहित २५ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले गोप्य सूचनाका आधारमा छापा हानेको हो।
काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित नुवाकोट समुन्द्रटार गाउँपालिका घर भएका ३२ वर्षीय तुलसी पण्डितको होटल परेली डिलक्समा छापा हानी जुवाडेहरुलाई पक्राउ गरेको हो। बसुन्धरा बस्ने तनहँु भानु–१ का २० वर्षीय सरु मल्ल लगायत २५ जनालाई नगद १० लाख ८५ हजार १ सय ६५ रुपैयाँ सहित आइतबार पक्राउ गरिएको महारागञ्ज प्रहरीले जनाएको छ।
उनीहरुबाट कौडा समेत प्रहरीले बरामद गरेको छ। उनीहरुले मिनि क्यासिनोकै शैलीमा युवतीहरु समेत राखेर जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।