धनगढी- उपप्रधान एवं राप्रपाका अध्यक्ष कमल थापाले जनताको पछिल्लो जनादेशअनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेको बताएका छन्।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संघीय संसद् गठनको पूर्णतामा समय लागेकाले सत्ता हस्तान्तरणमा पनि समय लागेको स्पष्ट पारे। ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हालेका थापाले भने, 'ऊर्जाको विकासबाट मात्र देशमा समृद्धि र विकास हुन्छ।'
अब बन्ने नयाँ सरकारलाई आफूहरुको रचनात्मक सहयोग रहने उनले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।