बुटवल- कर्तव्य ज्यान मुद्दामा अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका एक फरार अपराधी २० वर्षपछि पक्राउ परेका छन्।
विशेष सुराकीको आधारमा प्रहरीले ५० वर्षीय राधेश्याम जैसवाल कलवारलाई भैरहवाबाट पक्राउ गरेको हो।
रुपन्देही जिल्लाको साबिक हर्नैया गाविस–२ हाल सियारी गाउँपालिका–३ की चन्द्रावती थारुलाई विसं २०५३ मा कर्तव्य गरी मारेको उनीमाथि अभियोग छ। सर्वोच्च अदालतले २०६५ भदौ २३ मा उनीमाथि सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।