काठमाडौं -प्रहरीले आइतबार साँझ न्यूरोडमा एक व्यापारीलाई पक्राउ गरेको छ। भन्सार छलीको आरोपमा व्यापारी बिरेन्द्र कुशवाहलाई प्रहरीले पक्राउ गरेको हो।
यटखा स्थित उमेश मान सिंह डंगोलको घरमा कोठा भाडा लिइ पसल गरि बस्ने पर्सा बिरगंज घर हुने कुसवाहलाई राजस्व छली गरि चोरीपैठारी गरि लुकाइ छिपाइ राखेको अबस्थामा कुर्ता सुरुवाल टप्स सहितका रेडिमेड कपडा करिव ५० लाख मूल्य बरावरको कपडा सहित महानगरीय प्रहरी वृत्त जनसेवाले पक्राउ गरेको हो।
व्यापारी कुशवाहलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको जनसेवा वृत्तका डिएसपी मोहन थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।