काठमाडौं- कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७५/०७६ मा २९ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ।
यसबाट सञ्चयकर्तालाई प्रदान गरिएको ब्याज तथा कोषको सञ्चालन खर्च कटाउँदा ३ अर्ब ७५ करोड रुपैयाँ खुद मुनाफा हुने देखिएको छ। खुद मुनाफा रकमलाई सञ्चयकर्ताको सामाजिक सुरक्षा सुविधा तथा मुनाफा वितरणमा उपयोग गरिने कोषले जनाएको छ।
२०७६ असार मसान्तसम्ममा कोषको कूल वित्तीय श्रोत ३ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ११ प्रतिशतले बढी हो। कोषको कूल श्रोतमध्ये ३ खर्ब ३८ अर्ब ६ करोड अर्थात ९८ प्रतिशत रकम विभिन्न क्षेत्रमा प्रवाह भएको छ। जसमध्ये सञ्चयकर्ता सापटीमा ५३ प्रतिशत, परियोजना कर्जामा १६ प्रतिशत, बैंक मुद्दती निक्षेपमा २३ प्रतिशत र अन्य क्षेत्रमा ८ प्रतिशत रहेको छ।
कोषमा ६ लाख सञ्चयकर्ता रहेका छन्।
कर्मचारी सञ्चय कोषले मंगलबार नै `योगदानमा आधारित पेन्सन व्यवस्थापन प्रणाली´ पनि औपचारिक रुपमा सुरुवात भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले उक्त प्रणालीको उद्घाटन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।