काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दिनमै ३४ दशमलव ५ अंकले घटेको छ। आइतबार १७ दशमलव ८७ अंकले घटेको नेप्से सोमबार १६ दशमलव १८ अंकले घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार १ सय ६९ वटा कम्पनीको १२ लाख ४८ हजार ४ सय कित्ता सेयर ७ हजार ५ सय ४७ पटक किनबेच हुँदा ३४ करोड ३९ लाख १८ हजार २ सय २१ रुपैयाँ बराबरका कारोबार भएको छ।
सोमबारको कारोबारपछि सेन्सेटिभ इन्डेक्स पनि घटेर २ सय ४६ दशलमव ३५ अंक कायम भएको छ।
सोमबार व्यापार समूहबाहेक अन्य सबै समूहको उपसुचक घटेको छ। व्यापार समूहको उपसूचक भने ६ दशमलव ३३ अंकले बढेको छ। जीवन बीमा कम्पनीको उपसूचक सबैभन्दा धेरै १ सय ३१ दशमलव ६२ अंकले घटेको छ।
सोमबार सबैभन्दा धेरै छिमेक लघुवित्त विकास बैंक लिमिटेडको १ करोड ८० लाख १९ हजार ९ सय ४५ रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव शून्य ९ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।