• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २, २०८३ Tue, Jun 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अदालती भुमरीमा इम्बोस्ड नम्बर, अंग्रेजी शब्दका कारण जोखिममा साढे ४ अर्ब

64x64
नेपाल लाइभ आइतबार, भदौ २९, २०७६  १७:४०
1140x725

काठमाडौं- सरकारले सवारी साधनलाई उच्च प्रविधियुक्त बनाउने भन्दै मेसिनले रिड गर्न सक्ने इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गर्‍यो। त्यही अनुसार टेन्डर प्रक्रिया पुरा गरी छनोट भएको डेकाटोर टाइगर कम्पनीसँग सरकारले २०७३ बैशाखमा सम्झौता गरेको थियो। 

सम्झौता गर्दा डेकाटोर टाइगरले ५ वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरी सक्ने उल्लेख छ। 

त्यहीअनुसार १६ महिनापछि अर्थात् २०७४ भदौ ९ बाट यातायात व्यवस्था कार्यालय साना/ठूला सवारीले बागमती अञ्चलकै नाममा इम्बोस्ड नम्बर प्लेट जडान सुरु भएको थियो। 

त्यसको केही समयपछि संसदीय समितिले देश संघीयतामा गइसकेको बखतमा अञ्चलका आधारमा नभई प्रदेशका आधारमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएपछि केही समय जडान कार्य रोकियो। 

यातायात व्यवस्था विभागले २०७४ मंसिर १ गतेदेखि प्रदेशको संरचना अनुसार पुनः जडान सुरु भएको थियो। अञ्चल र प्रदेशको विवाद अन्त्य भएपछि इम्बोस्ड नम्बर प्लेट अंग्रेजी अक्षरको भुमरीमा फस्यो। जुन भुमरिबाट हालसम्म पनि इम्बोस्ड नम्बर प्लेट जडानको विषय बाहिर निस्कन सकेको छैन। 

२०७४ फागुन ६ गते अधिवक्ता भरत बस्नेतले इम्बोस्ड नम्बर प्लेट अंगेजी अक्षरमा नभई नेपालीमा हुनुपर्ने माग गर्दै जडान कार्य तत्काल रोक्न मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरे। बस्नेतको रिटमाथि सुनुवाई गर्दै फागुन १० गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले इम्बोस्ड नम्बर प्लेट जडान तत्काल स्थगित गर्न अन्तरिम आदेश दिएका थिए। 

सर्वोच्चले यातायात व्यवस्था विभागसँग लिखित जवाफसहित अन्य कागजात उपलब्ध गराउन भनेको थियो। त्यसयताका १८ महिना बितिसक्दा पनि अदालतले इम्बोस्ड नम्बर प्लेटमा फैसला गर्न सकेको छैन। 

२०७५ असार २२ देखि इम्बोस्ड नम्बर प्लेटको मुद्दा संवैधानिक इजलासमा प्रवेश गरेको थियो। उक्त मितिमा मुद्दा हेर्न नभ्याइने सूचीमा पर्‍यो। सोही मुद्दाको अर्को पेसी मंसिर २१ गते तोकिएको र त्यस दिन पनि हेर्न नभ्याइने सूचीमै पुग्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै २०७५ माघ २५, फागुन ३ गते पनि हेर्न नभ्याइने सूचीमा पर्दा मुद्दा टुंगिन सकेन। २०७५ फागुन १० गते मुद्दा हेर्दाहेर्दैमा रोकियो। चैत १२ गते अदालतले थप विवरण उपलब्ध गराउन आदेश दियो। 

त्यसपछि २०७६ असार ३ गते यो मुद्दा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सहित न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासमा परेको थियो। त्यस दिन पनि मुद्दा हेर्न नभ्याइने सूचीमा पर्‍यो। त्यसयता इम्बोस्ड नम्बर प्लेटको मुद्दा पेसी चढ्न सकेको छैन। 

अमेरिका-बंगलादेश संयुक्त कम्पनी डेकाटोर टाइगरसँग सरकारले २५ लाख सवारीमा पाँच वर्षभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी सम्झौता गरेको थियो। २०७३ बैशाखमा सम्झौता भएयता ३ वर्ष ४ महिना बितिसकेको छ। हालसम्म उक्त कम्पनीले करिब ५ हजार सवारीमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गरेको छ। 

सरकारले डेकाटोर टाइगरलाई ५ वर्षभित्र काम सम्पन्न नभए पनि अनुमानित लागतको ९५ प्रतिशत भुक्तानी दिने सम्झौता गरेको छ। उक्त कम्पनीलाई सरकारले एउटा नम्बर प्लेट निर्माण बापत न्यूनतम १६ अमेरिकी डलरदेखि १९ डलरसम्म भुक्तानी गर्नेछ। त्यसबाहेक पाँच प्रतिशत सेवा शुल्क, भन्सार शुल्क, स्कालेसन मूल्य, निर्माण कम्पनीले प्रयोग गर्ने उपकरण सबै खर्चको लागत निकाली मूल्य निर्धारण गरेको विभागको भनाइ छ। 

उक्त हिसाब गर्दा सेवाग्राहीले भने इम्बोस्ड नम्बर प्लेट जडानमा दुईपांग्रे सवारीका लागि २५ सय, तीनपांग्रेका लागि २९ सय, चारपांग्रेका लागि ३२ सय र हेबी सवारीसाधनका लागि ३६ सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ। 

के हो इम्बोस्ड नम्बर?
इम्बोस्ड नम्बर डिजिटल नम्बर प्लेट हो। यस्तो नम्बर प्लेट मेसिनले रिड गर्न सक्छ। यातायात व्यवस्था विभागले यसलाई उच्च प्रविधिको नम्बर प्लेट भनेर परिभाषित गरेको छ। मोटरसाइकलको पछाडि र अन्य सवारीको अगाडि सिसामा नम्बर प्लेट ‘सिंगल स्क्रोल लक’ प्रणालीमा जडान हुन्छ। यसलाई कसैले पनि निकाल्न नसक्ने बताइएको छ। 

नम्बर प्लेटमा एउटा चिप्ससहितको स्टिकर हुन्छ। स्टिकरलाई आरएफआईडी भनिन्छ। आरएफआईडी भनेको ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ हो। सोही स्टिकरमा विभागले सवारीधनीको विवरणसहित साधन कहाँ बनेको, इन्जिन नम्बर, सवारीले कर तिरेको मिति, ठाउँलगायत विवरण राखेको हुन्छ।

फाइदा के?
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएपछि कुन सवारी कुन ठाउँमा गइरहेको छ, कहाँबाट कुन सवारी कुन दिशामा प्रवेश गरेको छ, कसले प्रयोग गरिरहेको छ, कसको सवारी हो सबै विवरण विभागका कर्मचारी तथा ट्राफिक प्रहरीले सहजै थाहा पाउन सक्ने बताइएको छ। 

यो नम्बर प्लेट जडान भएपछि सवारीसाधनले राज्यलाई तिर्नुपर्ने कर दाखिला गरे/नगरेको थाहा हुने र चोरीका सवारीसाधन प्रयोग अन्त्य हुने विश्वास गरिएको छ। 

वर्षौंसम्म राज्यलाई सवारी कर नतिर्ने सवारीधनी पनि करको दायरामा आउने विश्वास गरिएको यस्तो नम्बर प्लेट भएका सवारी चोरी शून्यमा झर्ने अपेक्षा गरिएको छ। 

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गरिसकेपछि पुनः पाँचदेखि १० वर्षसम्म परिवर्तन गर्न नपर्ने र गर्नै परे प्लेटको लक काट्नु पर्ने हुन्छ। सवारीसाधन दुर्घटनामा परेर टुटफुट भए मात्र प्लेट परिर्वतन गर्नुपर्छ।

राज्यको ४ अर्ब ५४ करोड जोखिममा : महालेखा 
लामो समयदेखि इम्बोस्ड नम्बर प्लेट जडान रोकिँदा राज्यको ४ अर्ब ५४ करोड रुपैयाँ जोखिममा परेको महालेखाले औंल्याएको छ। बैंगालादेश र अमेरिकाको संयुक्त कम्पनी डेकाटोर टाइगरसँग यातायात व्यवस्था विभागले गरेको सम्झौताअनुसार पाँच वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र त्यस बापत विभागले उक्त कम्पनीलाई ४ अर्ब ५४ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने छ। 

इम्बोस्ड नम्बर प्लेट जडान गर्न अवरोध भएमा ९५ प्रतिशत भुक्तानी डेकाटोर नाइगरलाई विभागले दिनुपर्ने सम्झौता छ। 

नेपालको संविधानमा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा व्यवस्था गरेको भन्दै इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा लेख्न माग गर्दै सर्वोच्चमा मुद्दा परेको थियो। सर्वोच्चले नेपालीमा छपाई थाल्न र अंगेजी शब्द राख्ने प्रक्रिया रोक्न आदेश समेत दिएको थियो। डेकाटोर टाइगरसँग भएको सम्झौतामा भने अंग्रेजीमा छाप्ने उल्लेख छ। 

महालेखा परीक्षकको कार्यलयले २०७५ चैतमा  सार्वजनिक गरेको ५६औं प्रतिवेदनमा उक्त दायित्वको विषयसमेत उठाएको थियो। सम्झौता अनुसार नेपालले ४ अर्ब ५४ करोड दिनुपर्ने तर सर्वोच्चको फैसलाले नेपालीमा छाप्नु पर्ने विषय लम्बिँदै जाँदा ५ वर्षभित्रको समयसीमा सकिने खतरा बढेको समेत प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्रीलाई महरको व्यंग्य- अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरामा प्रधानमन्त्रीलाई विश्वास छैन
मन्त्री लम्साललाई बासनाको प्रश्न- जिम्मेवारीमा बसेर भौतिक कारबाही गर्छु भन्ने ?
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अर्थमन्त्रीलाई महरको व्यंग्य- अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरामा प्रधानमन्त्रीलाई विश्वास छैन मंगलबार, असार २, २०८३
मन्त्री लम्साललाई बासनाको प्रश्न- जिम्मेवारीमा बसेर भौतिक कारबाही गर्छु भन्ने ? मंगलबार, असार २, २०८३
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ मंगलबार, असार २, २०८३
‘मन्त्री लम्सालले दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत हो’ -सांसद यादव मंगलबार, असार २, २०८३
रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्