काठमाडौं। प्रधानन्यायाधीश मनोजकुमार शर्माले बोलाएको सर्वोच्च अदालतको फूलकोर्ट बैठक सुरु भएको छ। बैठकमा
बिहीबार सार्वजनिक भएको न्यायाधीश र बिचौलिया इनम सापकोटाबीचको कुराकानी, प्रधानन्यायाधीश शर्मासँग जोडिएको रकम लेनदेनको विषय तथा संवैधानिक इजलाससम्बन्धी विवादमा छलफल हुने बताइएको छ।
शुक्रबार बिहानको गोला प्रक्रियाअघि बोलाइएको बैठकमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल अनुपस्थित रहेकी छन्। अन्य सबै न्यायाधीश बैठकमा सहभागी भएको बताइएको छ।
स्रोतका अनुसार न्यायाधीश हरि फुयाँल पनि फूलकोर्ट बैठकमा उपस्थित छन्।
बिहीबार सार्वजनिक भएको न्यायाधीश र बिचौलिया इनम सापकोटाबीचको संवादले न्यायालयभित्र चासो बढाएको छ। उक्त विषयसँगै प्रधानन्यायाधीश शर्मासँग जोडिएको रकम लेनदेनको प्रसंग र संवैधानिक इजलासको विवादले बैठकमा प्रवेश पाउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।