• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २२, २०८२ Thu, Feb 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्राधिकरणमा कुलमान आएपछिका ३ वर्षमा यस्तो छ प्रगति विवरण

64x64
नेपाल लाइभ आइतबार, भदौ २९, २०७६  १७:०७
1140x725

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले काम थालेको ३ वर्ष पुगेको छ। 

यो अवधिमा दैनिक ८ घण्टा लोडसेडिङमा रहेको मुलुकबाट लोडसेडिङ अन्त्य भएको र वार्षिक करिब ९ अर्ब रुपैयाँ घाटामा रहेको संस्थालाई नाफामा लगेको उनले बताएका छन्। 

३ वर्षअघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिव १५० युनिट रहेकोमा अहिले नियमित विद्युत् आपूर्ति हुन थालेपछि बढेर करिव २४५ युनिट पुगेको उनले जानकारी दिएका छन्। 

यसै अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तिय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न  संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणले ठूलो सफलता हात पारेको उनको दाबी छ। 

घिसिङले आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले आव ०७३/७४ मा रु १ अर्ब ४७ करोड, आव ०७४/७५ मा २ अर्ब ८५ करोड र आव ०७५/७६ मा रु ७ अर्ब २० करोड खुद नाफा आर्जन गर्न सफल भएको वित्तीय विवरण प्रस्तुत गरेका छन्। 

यसैगरी आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड संचित नोक्सानी रहेको प्राधिकरण यसलाई घटाउँदै आव ०७३/७४मा २८ अर्ब १७ करोड, आव ०७४/७५मा २५ अर्ब ५९ करोड र आव ०७५/७६मा रु १५ अर्ब २२ करोडमा झार्न सफल भएको पनि बताएका छन्। 

यस्तै आर्थिक वर्ष २०७२/७३ मा ३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणको आव ०७३/७४मा ५१ अर्ब ७० करोड, आव ०७४/७५मा ६१ अर्ब ९७ करोड र आव ०७५/७६मा रु ७३ अर्ब ४६ करोडमा पुगेको पनि उल्लेख गरेका छन्। 

उनले अलपत्र अवस्थामा रहेको ३० मेगावाटको चमेलिया र २०७२ वैशाखको विनाशकारी भूकम्पछि निर्माण सुरु हुन नसकेको ६० मेगावाटको त्रिसुली ३ ए जलविद्युत आयोजनाको निर्माणको काम सुचारु गराई निर्माण सम्पन्न गरिएको जानकारी दिएका छन्। १४ मेगावाटको कुलेखानी तेस्रो निर्माण सम्पन्न भई विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा पुगेको उनले बताए। पछिल्लो ३ वर्षमा प्राधिकरणको १०४ मेगावाट र निजि उत्पादकहरुको २७१ मेगावाट गरी जम्मा ३७५ मेगावाट जलविद्युत आयोजनाहरु संचालनमा आएको उनले जानकारी दिए।

Ncell 2
Ncell 2

प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण हुन लागेका १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्रि बि जलविद्युत आयोजनाको काम अघि बढेको पनि उनले बताए। भूकम्पपछि बन्द अवस्थामा रहेको स्वदेशी लगानीमा निर्माणाधिन राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको निर्माण चालु आवभित्र सम्पन्न गर्ने गरी अगाडि बढाइएको उनले उल्लेख गरे। 

प्राधिकरणकै सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीअन्तर्गतका १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा पुगेका पनि उनल जनाएका छन्।

यसैगरी १०६० मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारी अन्तिम चरणमा पुर्‍याई वित्तीय व्यववस्थापनको आवश्यक कार्य अगाडी बढाइएको पनि जानकारी दिए। ९९.६ मेगावाटको तामाकोशी ५ को विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडि बढाइएको पनि उनले बताए। 

आव २०७२/७३ सम्ममा विद्युत् प्रसारण लाइनको संजाल २९११ सर्किट किलोमिटर रहेकोमा अहिले ३९९०  सर्किट किलोमिटर पुगेको घिसिङले बताए। गत आवमा मात्रै सात सय ५७ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भई ६०६ सर्किट किलोमिटर चार्ज भएको पनि उनले बताए। लामो समयदेखि सम्पन्न हुन नसकी रुग्ण बनेको काबेली करिडोरसहित प्रसारणतर्फ ३ र वितरण तर्फ ३४ गरी जम्मा ३७ वटा रुग्ण आयोजना गत आर्थिक वर्षमा सम्पन्न भएको पनि घिसिङले बताए। यस अवधिमा १३ आयोजनाको ठेक्का सम्झौता रद्ध गरी पुनः ठेक्का प्रकृया सुरु भएको छ।

घिसिङले ढल्केबर २२० केभी सवस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतबीचको अन्तरदेशीय प्रसारण लाइन मुजफरपुर ढल्केबरलाई २२० केभीमा चालु गरिएको पनि जानकारी दिए। कटैया कुशाहा १३२ केभी दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ केभी प्रसारण लाइनहरुको निर्माण सम्पन्न गरी नेपाल र विहारबीच विद्युत आदान प्रदानको क्षमता विस्तार गरिएको पनि घिसिङले बताए। विगत ३ वर्षभित्र नयाँ निर्माण तथा स्तरोन्नति गरी १७१२ एमभिए क्षमताका प्रसारण सव्स्टेसन थप गरिएको उनले उल्लेख गरे।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने
नाइजेरियामा नरसंहारपछि सेना तैनाथ
दोस्रो अभ्यास खेलमा क्यानडाविरुद्ध नेपाल ६ विकेटले विजयी, आशिफको अर्धशतक
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने बिहीबार, माघ २२, २०८२
नाइजेरियामा नरसंहारपछि सेना तैनाथ बिहीबार, माघ २२, २०८२
दोस्रो अभ्यास खेलमा क्यानडाविरुद्ध नेपाल ६ विकेटले विजयी, आशिफको अर्धशतक बिहीबार, माघ २२, २०८२
निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन्न मानव अधिकार आयोगको आग्रह बिहीबार, माघ २२, २०८२
सेयर बजार २७ अंकले बढ्यो बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्