काठमाडौं- नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकमा रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटिजिएस) पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ।
युके एडको सक्षम कार्यक्रमसँगको सहकार्यमा राष्ट्र बैंकले १८ महिना लगाएर यो प्रणाली तयार गरेको थियो।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले यो प्रणालीको कार्यान्वयनसँगै क्लियरिङ र भुक्तानी दुवै रियल टाइम हुने बताएका छन्।
यसले विश्वस्तरीय सेवा दिने र जनतामा विश्वास जगाउने नेपालको भनाइ छ।
यो सेवा सुरु भएपछि ग्राहकले एक बैंकबाट अर्को बैंकको जुनसुकै खातामा तत्कालै रकम भुक्तानी गर्न सक्नेछन्।
अब जुनसुकै वाणिज्य बैंकबाट रकम पठाउने व्यक्तिले बैंकको कुनै पनि वाणिज्य बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।