काठमाडौं– पत्रकारको परिचयपत्र देखाएर राजधानीका होटलहरुमा आयोजना हुने विभिन्न कार्यक्रममा गएर चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्। होटलमा हुने गोष्ठि तथा तालिममा गएर चोरी गर्ने ललितपुर लेलेका ५२ वर्षिय अशोक भनिने हरिशरण केसीलाई प्रहरीले पक्राउ गरेको हो।
उनले गत माघ २० गते कान्तिपथस्थित यल्लो पगोडा होटलबाट चोरी गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताए।
होटलमा संञ्चालित बैंकिङ सम्बन्धि तालिमको लन्ज समयमा उनले तीन युवतीको झोला र मोबाइल चोरी गरेका हुन्।
उनले ३२ हजार ५ सय रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले जनाएको छ।
उनी पत्रकार परिचय देखाएर कार्यक्रममा छिरेका थिए। फायर साइड डेल्लीको नाममा बनाइएको कार्ड पनि प्रहरीले बरामद गरेको छ।
एसएसपी लोहनीका अनुसार एफएममार्फत उनले कुन होटलमा के कार्यक्रम हुँदैछ भन्ने जानकारी लिन्थे र पत्रकारको आवरणमा चोरी गर्दथे। उनले अन्य कार्यक्रममा पनि चोरी गरेको हुनसक्ने प्रहरी आशंका छ।
कार्यक्रम स्थलमा ल्यापटप, मोबाइल र झोला उनले चोरी गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।