• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

चीनको दाबी : प्रचण्ड इन्डो प्यासेफिक रणनीतिविरुद्ध छन्

64x64
नेपाल लाइभ बुधबार, भदौ २५, २०७६  १४:४०
1140x725

काठमाडौं- चीनले सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाले अघि सारेको इन्डो प्यासेफिक रणनीतिको विरुद्धमा रहेको दाबी गरेको छ।

नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएको केही समयपछि चिनियाँ विदेश मन्त्रालयले प्रचण्डसँग वाङको भेटबारे जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख छ।

विदेशमन्त्री वाङको नेपाल भ्रमणबारे शृंखलावद्ध विज्ञप्ति जारी गरेको चीनले वाङसँगको भेटमा प्रचण्डले इन्डो प्यासेफिक रणनीतिलाई नेपालले अस्वीकार गर्ने बताएको उल्लेख गरेको छ।

‘नेपाल असंलग्न नीतिमा अडिग छ र कथाकथित इन्डो प्यासेफिक रणनीति अस्वीकार गर्छ,’ प्रचण्डलाई उद्धत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘चीनको विकास रोक्ने कुनै पनि कदमको विरोध गर्छ र चीनको विकास नेपालका लागि अवसर हो भन्ने सधैं विश्वास गर्दछ। नेपाल चीनको सफलताको अनुभव सिक्न चाहन्छ।’

प्रचण्ड र वाङबीच मंगलबार नक्सालस्थित होटल मेरिएटमा भेट भएको थियो। भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने वाङसँग नेपाल-चीन सहकार्य र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे कुरा भएको बताएका थिए।

‘नेपालको आर्थिक विकासको प्रयासमा चीनबाट र चिनियाँ जनताका तर्फबाट हुने सहयोग र हाम्रो अपेक्षाबारेमा कुराकानी भयो,’ भेटपछि संवाददाताहरुसँग कुराकानी गर्दै प्रचण्डले भनेका थिए, ‘दुवै देशका सरकारले गर्ने सहकार्य र सहयोगका क्षेत्रलाई विस्तार गर्ने बारेमा पनि छलफल भयो।’

प्रचण्डले चीनले दाबी गरेजस्तै इन्डो प्यासेफिक रणनीतिबारे कुरा भए/नभएको बारे भने केही उल्लेख गरेका थिएनन्।

nimb
nimb
Ncell 2
Ncell 2

मौखिक रुपले मात्रै नभई नेपाल काममा समेत 'एक चीन नीति'प्रति दृढतापूर्वक उभिएको बताउँदै प्रचण्डले हङकङलाई चीनको आन्तरिक मामिला भनेको समेत विज्ञप्तिमा उल्लेख छ।

‘प्रचण्डले भने- नेपाल केवल मौखिक रुपमा मात्रै होइन काममा समेत एक चीन नीतिप्रति दृढतापूर्वक उभिन्छ र चीन विरोधी गतिविधिका लागि कुनै पनि बाह्य शक्तिलाई नेपाल भूमि प्रयोग गर्न दिँदैन्,’ विज्ञप्तिमा भनिएको छ।

देउवा मौन 
चिनियाँ विदेशमन्त्री वाङले राजनीतिक भेटघाटका दौरानमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए।

प्रचण्डलाई भेटेकै होटलेमा देउवा र वाङबीच भेटवार्ता भएको थियो। वाङसँगको भेटमा इन्डो प्यासेफिक रणनीतिबारे देउवा भने मौन रहेका थिए। चिनियाँ विदेश मन्त्रालयका अनुसार देउवाले पनि नेपाल 'एक चीन नीति'प्रति अडिग रहेको र नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता दोहोर्‍याएका थिए।

इन्डो-प्यासेफिक रणनीतिबारे भने देउवाले बोले/नबोलेको बारे विज्ञप्तिमा केही पनि उल्लेख छैन। वाङसँगको भेटमा नेपाललाई ल्यान्ड लक्ड (भूपरिवेष्ठित)बाट ल्यान्ड लिंक्ड(भू-जडित) बनाउन क्षेत्रीय सम्पर्कलाई बढाउनुपर्ने मत देउवाले राखेका थिए।

दुई देशको सम्बन्ध र दुई देशका जनताबीच भातृत्व बढाउन कांग्रेसले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई बढाउन चाहेको पनि देउवाले बताएका थिए।

वाद-प्रतिवाद
सन् २०१७ मा चीनको महत्वाकांक्षी परियाजना 'वेल्ट एन्ड रोड इनिसिएटिभ'(बिआरआई)मा आवद्ध हुन नेपालले औपचारिक सहमति गरेको थियो। चीनले बिआरआई अघि सारेपछि अमेरिकाले त्यसको प्रतिवादमा इन्डो प्यासेफिक रणनीति अघि सारेको हो।

सन् २०१८ को डिसेम्बरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिकी समकक्षी माइक पोम्पेओसँग द्विपक्षीय भेटका लागि अमेरिका गएपछि नेपाल इन्डो प्यासेफिक रणनीतिमा तानिएको थियो।

परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटपछि विदेशमन्त्री पोम्पेओको कार्यालयले जारी गरेको विज्ञप्तिमा दुई नेताबीच इन्डो प्यासेफिकमा नेपालको ‘केन्द्रीय भूमिका’ रहने लगायतका विषयमा छलफल भएको उल्लेख थियो।

तर, परराष्ट्रमन्त्री ज्ञवालीले त्यसलाई तत्कालै अस्वीकार गरेका थिए। अमेरिकाबाट फर्किए लगत्तै पत्रकार सम्मेलन गर्दै उनले इन्डो प्यासेफिक रणनीतिमा नभई इन्डो-प्यासेफिक क्षेत्रमा नेपालको भूमिकाबारे छलफल भएको बताएका थिए।

‘सार्कको अध्यक्ष र बिम्स्टेकको सदस्यका रुपमा नेपालले इन्डो प्यासेफिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने विश्वास गर्दछ,’ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भनेका थिए, ‘तर, अमेरिकाले नेपाललाई इन्डो प्यासेफिक रणनीतिमा राखेको भन्ने विवरणहरु गलत हुन्।’

त्यसयता नेपाल भ्रमणमा आएका अधिकांश अमेरिकी अधिकारीले नेपाल इन्डो प्यासेफिक रणनीतिमा आवद्ध रहेको उल्लेख गर्ने र नेपालले त्यसको कूटनीतिक तरिकाले प्रतिवाद गर्ने क्रम निरन्तर जारी छ।

पछिल्लोपटक नेपाल लाइभसँगको विशेष कुराकानीमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले असंलग्नताको सिद्धान्तलाई नेपालले हरहालतमा पालना गर्ने भन्दै कुनै रणनीति वा गठबन्धनमा सहभागी नहुने प्रष्ट पारेका थिए।

‘ठूला शक्ति राष्ट्रका सैन्य रणनीति, गठबन्धन या प्रतिस्पर्धासँग चाहिँ हाम्रो कुनै सरोकार रहँदैन,’ मन्त्री ज्ञवालीको भनाइ थियो, ‘त्यसको अगं बन्दैनौं हामी। नेपालले ती कुराहरु मात्रै लिन्छ जुन नेपालको हितमा छ। हामी कुनै सैन्य वा अन्य रणनीति जो कसैले अघि सारे पनि त्यसमा जोडिदैनौं।’

यो पनिः

‘इन्डो प्यासिफिक रणनीति’मार्फत् नेपालमाथि अमेरिकी सेनाको नजर

इन्डो प्यासिफिक रणनीति-१ : भारतलाई अमेरिकी ललिपप, चीन घेर्ने योजनाको सुरुवात

इन्डो प्यासिफिक रणनीति-२ : भारतको भरमा अमेरिका, नेपालप्रति किन आसक्ति?

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्