• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘इन्डो प्यासिफिक रणनीति’मार्फत् नेपालमाथि अमेरिकी सेनाको नजर

64x64
नेपाल लाइभ आइतबार, जेठ १९, २०७६  १७:२२
1140x725

काठमाडौँ- अमेरिकाले अघि सारेको ‘इन्डो-प्यासिफिक रणनीति’अन्तर्गत नेपालसँग रक्षा सहकार्य विस्तार गर्ने रणनीति सार्वजनिक गरेको छ। 

अमेरिकी रक्षा मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘इन्डो-प्यासिफिक रणनीति प्रतिवेदन-२०१९’ मा नेपाललाई इन्डो प्यासिफिक रणनीतिको नयाँ साझेदार मुलुकका रुपमा राखिएको छ। 

अमेरिकाले नेपालसँग मानवीय सहायता, प्रकोप साहायता, पिसकिपिङ अपरेसन, रक्षा व्यवसायीकरण, स्थल फोर्सको क्षमता अभिवृद्धि र प्रतिआतंकवादका सन्दर्भमा रक्षा सम्बन्ध विस्तार गर्न चाहेको छ।

‘नेपालसँग अमेरिका मानवीय सहायता, प्रकोप साहायता,  पिसकिपिङ अपरेसन, रक्षा व्यवसायीकरण, स्थल फोर्सको क्षमता अभिवृद्धि र प्रतिआतंकवादका सन्दर्भमा रक्षा सम्बन्ध विस्तार गर्न चाहन्छ,’ प्रतिवदेनमा भनिएको छ। 

नेपालसँग ‘थप रक्षा सम्बन्ध विस्तारका लागि यो वर्ष युएस इन्डो प्यासिफिक कमान्डका कमान्डर तथा उपसहायकमन्त्री तहको भ्रमण हुनेछ।’

अमेरिकाले २३ जेठ २०७५ मा पहिलो पटक नेपाली सेनासँग सुरु गरेको ‘नेपाल-अमेरिका थल सेना वार्ता’ नामक दुई दिने कार्यशालालाई इन्डो-प्यासेफिक रणनीति अन्तर्गत आफ्नो बढ्दो रक्षा सहकार्यको स्थपना ठानेको छ। त्यस्तै यो वर्षको सुरुवातमै पनि धेरै रक्षा तथा सैन्य अधिकारीले नेपाल भ्रमण गरिसकेको उक्त प्रतिवदेनमा उल्लेख छ। 

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टर सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्दै। तस्बिर : नवीन पौडेल/रासस

करिब डेढ दशकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २०७५ पुषमा गरेको अमेरिका भ्रमणका क्रममा अमेरिकी अधिकारीले नेपालले इन्डो-प्यासिफिक क्षेत्रमा केन्द्रीय भूमिका निर्वाह गर्न सक्ने धारणा सार्वजनिक गरेका थिए। 

अमेरिकाले सन् २०१९ मा ८६ देशसँग ७९ वटा सैन्य साझेदारी गर्न लागेको उल्लेख गरेको छ। यीमध्ये १२ वटा इन्डो-प्यासेफिक क्षेत्रमा हुनेछ। ती १२ देशमा नेपाल पनि रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

निरन्तरको नजर
नेपालसँग रक्षा सहकार्य बढाउने अमेरिकी प्रदिवेदन सार्वजनिक हुनु केही दिनअघि मात्रै पोखरामा नेपाल र अमेरकी सरकारको सहआयोजनामा विपद व्यवस्थापन सम्बन्धी सैन्य अभ्यास भयो। 

५ बैखाशदेखि पोखराका विभिन स्थानमा  सुरु भएको उक्त अभ्यास १२ गतेसम्म चल्यो। ‘विपद् प्रतिक्रिया अभ्यास तथा आदान-प्रदान’ नाम दिएको उक्त सैन्य अभ्यासको समापन नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले गरेका थिए  र अमेरिकी राजदूत र्‍यान्डी बेरी त्यहाँ उपस्थित थिए। 

गैर सैनिक क्षेत्रबाट समेत प्रतिनिधित्व रहेको उक्त सैन्य अभ्यासप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रश्न उठाएका थिए। 

७ जेठ को  प्रतिनिधिसभा बैठको शून्य समयमा बोल्दै गुरुङले यस्ता सैन्य अभ्यासले नेपालको राष्ट्रिय अस्मितालाइ असर गर्ने उल्लेख गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘विपद् व्यवस्थापनको नाममा संयुक्त सैन्य अभ्यासको सुरुवात भएको छ,’ गुरुङले प्रश्न गर्दै भनेका थिए, ‘नेपालको राष्ट्रियताको संकट परिरहेको अवस्थामा, शक्ति राष्ट्रबीच टकराब परिरहेको अवस्थामा यस्तो प्रकारको सैन्य अभ्यासले नेपालको राष्ट्रिय अस्मितालाई कहाँ पुर्याउँछ?’  

इन्डो-प्यासेफिक रणनीतिलाई प्राथमिकता राखेर पछिल्ला ९ महिनामा अमेरिकाबाट ५ भ्रमण भएका छन् जसमा दुई सैन्य अधिकारी छन्। 

अमेरिकाले २३ जेठ २०७५ मा पहिलो पटक नेपाली सेनासँग सुरु गरेको ‘नेपाल-अमेरिका थल सेना वार्ता’ नामक दुई दिने कार्यशालालाई  इन्डो-प्यासेफिक रणनीनि अन्तर्गतको आफ्नो बढ्दो रक्षा सहकार्यको जग ठानेको छ। 

नेपाली सेना र अमेरिकाको इन्डो-प्यासेफिक कमाण्ड अन्तर्गतको ‘यूस आर्मी प्यासेफिक’ले आयोजना गरेको उक्त कार्यशाला नेपाली सेनाको मुख्यालय जंगीअड्डामा २ दिनसम्म चलेको थियो।

तत्कालीन उपरथी जगदिशचन्द्र पोखरेलको नेतृत्वमा नेपाली सेनाका १९ जना र उपरथी रोजर नोबल नेतृत्वमा उक्त क्षेत्रका १७ जना सेना सहभागी थिए। 

इन्डो-प्यासेफिक कमान्डका प्रमुख अड्मिरल फिलिप डेभिड्सन नेपाली सेनाको मुख्यालयमा सम्मान ग्रहण गर्दै। 

उक्त कार्यशालको साइडलाइनमा नोबलले नेपाली सेनाका तत्कालीन कायम मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गरेका थिए।

पुस २०७५ मा  इन्डो-प्यासेफिक  कमाण्डका प्रमुख अड्मिरल फिलिप डेभिड्सनले नेपाल भ्रमण गरे। २ दिने नेपाल भ्रमणमा उनले नेपाली सेनाका प्रधानसेनपति पूर्णचन्द्र थापा, रक्षा मन्त्री इश्वर पोखरेल र प्रधानमनत्री  केपी शर्मा ओलीसम्मलाई भेटे। छुट्टाछ्ट्टै भेटमा सबैलाई उनले इन्डो-प्यासेफिक रणनीतिमा नेपाललाई ‘कन्भिन्स’ गर्ने कोसिस गरेका थिए। 

त्यसको एक महिना पछि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड एन्ड स्टाप कलेज पुगेर इन्डो-प्यासेफिक रणनीतिको महत्व नेपाली सेनालाई बुझाउन प्रयत्न गरे। ‘क्षेत्रीय कनेक्टिभीका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न हाम्रो इन्डो प्यासेफिक रणनीतिको महत्वबारे बताउन पाउँदा खुसी लागेको छ,’ उलने ट्वीटरमा लेखेका छन्। 

त्यसको एक महिनापछि १३ फागुनमा दक्षिण तथा मध्य एसियाली रक्षा साहयक मन्त्री जोसेफ फेल्टर आए। इन्डो-प्यासेफिक रणनीति बारे नेपाललाई आफ्नो पक्षमा तान्न आएका उनले चीनले अघि सारेको महत्वकाक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई)को घुमाउरो शैलीमा विरोध समेत गरे। 

बिआरआई अन्तर्गत चीनले गर्ने लगानी नेपालको हितमा हुनुपर्ने उनको धारणा थियो। ‘श्रीलंका, माल्दिभ्स, मलेसियालगायत थुप्रै देशहरू चिनियाँ लगानीका कारण डेट ट्रयापमा परेका छन्,’ पत्रकारहरुसँगको कुराकानीमा  गर्दै फेल्टरले भनेका थिए, ‘नेपालमा पनि चीनले गर्ने लगानी पारदर्शी हुनुपर्छ। त्यो लगानी नेपालको हितमा हुनुपर्छ, चीनको हितमात्र हुनु हुँदैन।’

अमेरिकाले अघि सारेको इन्डो-प्यासेफिक रणनीतिले नेपालको सार्वभौमिकता सबल बनाउने उनको दावी थियो। 

‘यो नेपालले कुन देशको समूह छान्ने भन्ने विकल्प होइन। इन्डो प्यासेफिकमा सहभागी  हुनु त नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विविध बनाउनु र सार्वभौमिकता सबल हुनु हो,’ फेल्टरले भनाई थियो, ‘यसले नेपालको विकासमा सघाउ पुग्नेछ भने लोकतान्त्रिक संस्थालाई मजबुद् बनाउन सहयोग गर्नेछ।’

प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्