• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘इन्डो प्यासिफिक रणनीति’मार्फत् नेपालमाथि अमेरिकी सेनाको नजर

64x64
नेपाल लाइभ आइतबार, जेठ १९, २०७६  १७:२२
1140x725

काठमाडौँ- अमेरिकाले अघि सारेको ‘इन्डो-प्यासिफिक रणनीति’अन्तर्गत नेपालसँग रक्षा सहकार्य विस्तार गर्ने रणनीति सार्वजनिक गरेको छ। 

अमेरिकी रक्षा मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘इन्डो-प्यासिफिक रणनीति प्रतिवेदन-२०१९’ मा नेपाललाई इन्डो प्यासिफिक रणनीतिको नयाँ साझेदार मुलुकका रुपमा राखिएको छ। 

अमेरिकाले नेपालसँग मानवीय सहायता, प्रकोप साहायता, पिसकिपिङ अपरेसन, रक्षा व्यवसायीकरण, स्थल फोर्सको क्षमता अभिवृद्धि र प्रतिआतंकवादका सन्दर्भमा रक्षा सम्बन्ध विस्तार गर्न चाहेको छ।

‘नेपालसँग अमेरिका मानवीय सहायता, प्रकोप साहायता,  पिसकिपिङ अपरेसन, रक्षा व्यवसायीकरण, स्थल फोर्सको क्षमता अभिवृद्धि र प्रतिआतंकवादका सन्दर्भमा रक्षा सम्बन्ध विस्तार गर्न चाहन्छ,’ प्रतिवदेनमा भनिएको छ। 

नेपालसँग ‘थप रक्षा सम्बन्ध विस्तारका लागि यो वर्ष युएस इन्डो प्यासिफिक कमान्डका कमान्डर तथा उपसहायकमन्त्री तहको भ्रमण हुनेछ।’

अमेरिकाले २३ जेठ २०७५ मा पहिलो पटक नेपाली सेनासँग सुरु गरेको ‘नेपाल-अमेरिका थल सेना वार्ता’ नामक दुई दिने कार्यशालालाई इन्डो-प्यासेफिक रणनीति अन्तर्गत आफ्नो बढ्दो रक्षा सहकार्यको स्थपना ठानेको छ। त्यस्तै यो वर्षको सुरुवातमै पनि धेरै रक्षा तथा सैन्य अधिकारीले नेपाल भ्रमण गरिसकेको उक्त प्रतिवदेनमा उल्लेख छ। 

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टर सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्दै। तस्बिर : नवीन पौडेल/रासस

करिब डेढ दशकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २०७५ पुषमा गरेको अमेरिका भ्रमणका क्रममा अमेरिकी अधिकारीले नेपालले इन्डो-प्यासिफिक क्षेत्रमा केन्द्रीय भूमिका निर्वाह गर्न सक्ने धारणा सार्वजनिक गरेका थिए। 

अमेरिकाले सन् २०१९ मा ८६ देशसँग ७९ वटा सैन्य साझेदारी गर्न लागेको उल्लेख गरेको छ। यीमध्ये १२ वटा इन्डो-प्यासेफिक क्षेत्रमा हुनेछ। ती १२ देशमा नेपाल पनि रहेको छ। 

Ncell 2
Ncell 2

निरन्तरको नजर
नेपालसँग रक्षा सहकार्य बढाउने अमेरिकी प्रदिवेदन सार्वजनिक हुनु केही दिनअघि मात्रै पोखरामा नेपाल र अमेरकी सरकारको सहआयोजनामा विपद व्यवस्थापन सम्बन्धी सैन्य अभ्यास भयो। 

५ बैखाशदेखि पोखराका विभिन स्थानमा  सुरु भएको उक्त अभ्यास १२ गतेसम्म चल्यो। ‘विपद् प्रतिक्रिया अभ्यास तथा आदान-प्रदान’ नाम दिएको उक्त सैन्य अभ्यासको समापन नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले गरेका थिए  र अमेरिकी राजदूत र्‍यान्डी बेरी त्यहाँ उपस्थित थिए। 

गैर सैनिक क्षेत्रबाट समेत प्रतिनिधित्व रहेको उक्त सैन्य अभ्यासप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रश्न उठाएका थिए। 

७ जेठ को  प्रतिनिधिसभा बैठको शून्य समयमा बोल्दै गुरुङले यस्ता सैन्य अभ्यासले नेपालको राष्ट्रिय अस्मितालाइ असर गर्ने उल्लेख गरेका थिए।

‘विपद् व्यवस्थापनको नाममा संयुक्त सैन्य अभ्यासको सुरुवात भएको छ,’ गुरुङले प्रश्न गर्दै भनेका थिए, ‘नेपालको राष्ट्रियताको संकट परिरहेको अवस्थामा, शक्ति राष्ट्रबीच टकराब परिरहेको अवस्थामा यस्तो प्रकारको सैन्य अभ्यासले नेपालको राष्ट्रिय अस्मितालाई कहाँ पुर्याउँछ?’  

इन्डो-प्यासेफिक रणनीतिलाई प्राथमिकता राखेर पछिल्ला ९ महिनामा अमेरिकाबाट ५ भ्रमण भएका छन् जसमा दुई सैन्य अधिकारी छन्। 

अमेरिकाले २३ जेठ २०७५ मा पहिलो पटक नेपाली सेनासँग सुरु गरेको ‘नेपाल-अमेरिका थल सेना वार्ता’ नामक दुई दिने कार्यशालालाई  इन्डो-प्यासेफिक रणनीनि अन्तर्गतको आफ्नो बढ्दो रक्षा सहकार्यको जग ठानेको छ। 

नेपाली सेना र अमेरिकाको इन्डो-प्यासेफिक कमाण्ड अन्तर्गतको ‘यूस आर्मी प्यासेफिक’ले आयोजना गरेको उक्त कार्यशाला नेपाली सेनाको मुख्यालय जंगीअड्डामा २ दिनसम्म चलेको थियो।

तत्कालीन उपरथी जगदिशचन्द्र पोखरेलको नेतृत्वमा नेपाली सेनाका १९ जना र उपरथी रोजर नोबल नेतृत्वमा उक्त क्षेत्रका १७ जना सेना सहभागी थिए। 

इन्डो-प्यासेफिक कमान्डका प्रमुख अड्मिरल फिलिप डेभिड्सन नेपाली सेनाको मुख्यालयमा सम्मान ग्रहण गर्दै। 

उक्त कार्यशालको साइडलाइनमा नोबलले नेपाली सेनाका तत्कालीन कायम मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गरेका थिए।

पुस २०७५ मा  इन्डो-प्यासेफिक  कमाण्डका प्रमुख अड्मिरल फिलिप डेभिड्सनले नेपाल भ्रमण गरे। २ दिने नेपाल भ्रमणमा उनले नेपाली सेनाका प्रधानसेनपति पूर्णचन्द्र थापा, रक्षा मन्त्री इश्वर पोखरेल र प्रधानमनत्री  केपी शर्मा ओलीसम्मलाई भेटे। छुट्टाछ्ट्टै भेटमा सबैलाई उनले इन्डो-प्यासेफिक रणनीतिमा नेपाललाई ‘कन्भिन्स’ गर्ने कोसिस गरेका थिए। 

त्यसको एक महिना पछि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड एन्ड स्टाप कलेज पुगेर इन्डो-प्यासेफिक रणनीतिको महत्व नेपाली सेनालाई बुझाउन प्रयत्न गरे। ‘क्षेत्रीय कनेक्टिभीका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न हाम्रो इन्डो प्यासेफिक रणनीतिको महत्वबारे बताउन पाउँदा खुसी लागेको छ,’ उलने ट्वीटरमा लेखेका छन्। 

त्यसको एक महिनापछि १३ फागुनमा दक्षिण तथा मध्य एसियाली रक्षा साहयक मन्त्री जोसेफ फेल्टर आए। इन्डो-प्यासेफिक रणनीति बारे नेपाललाई आफ्नो पक्षमा तान्न आएका उनले चीनले अघि सारेको महत्वकाक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई)को घुमाउरो शैलीमा विरोध समेत गरे। 

बिआरआई अन्तर्गत चीनले गर्ने लगानी नेपालको हितमा हुनुपर्ने उनको धारणा थियो। ‘श्रीलंका, माल्दिभ्स, मलेसियालगायत थुप्रै देशहरू चिनियाँ लगानीका कारण डेट ट्रयापमा परेका छन्,’ पत्रकारहरुसँगको कुराकानीमा  गर्दै फेल्टरले भनेका थिए, ‘नेपालमा पनि चीनले गर्ने लगानी पारदर्शी हुनुपर्छ। त्यो लगानी नेपालको हितमा हुनुपर्छ, चीनको हितमात्र हुनु हुँदैन।’

अमेरिकाले अघि सारेको इन्डो-प्यासेफिक रणनीतिले नेपालको सार्वभौमिकता सबल बनाउने उनको दावी थियो। 

‘यो नेपालले कुन देशको समूह छान्ने भन्ने विकल्प होइन। इन्डो प्यासेफिकमा सहभागी  हुनु त नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विविध बनाउनु र सार्वभौमिकता सबल हुनु हो,’ फेल्टरले भनाई थियो, ‘यसले नेपालको विकासमा सघाउ पुग्नेछ भने लोकतान्त्रिक संस्थालाई मजबुद् बनाउन सहयोग गर्नेछ।’

प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा
सम्बन्धित सामग्री
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि विश्व बैंकबाट प्रस्तावित ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा सैद्धान्ति... मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहारलाई सरकारमा सहभागी गराएका हुन् । मुख्यमन्त्रीको सिफारिसमा नियुक्त... मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा पार्टी एकीकरण गर्ने घोषणा गरेका लोसपा र जसपा नेपालका लागि एक सिट छुट्टाइएको छ । कांग्रेसले उम्मेदवार छनोटका लागि बुधबार बिहान केन्द्... मंगलबार, पुस २२, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
सिनामंगलको काठ गोदाममा आगलागी मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्