• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेइमार कसरी बने विश्वकै धनी खेलाडी ?

64x64
नेपाल लाइभ मंगलबार, माघ २३, २०७४  १७:०४
1140x725

सन् २०१० को २६ जुलाई, जतिबेला नेइमार अमेरिकाविरूद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै थिए। त्यतिबेला उनको उमेर थियो, १८ वर्ष। 

ब्राजिलको ११ नम्बर जर्सीमा उत्रिएका नेइमारले खेलको २८ मिनेटमा गोल गर्दै सनसनी मच्चाए। त्यो खेल ब्राजिलले २–० ले जित्यो। र, नेइमार रातारात उदाए। 

नेइमार ब्राजिलका यस्ता प्रतिभाशाली खेलाडी हुन्, जसलाई पेलेको हाराहारीमा तुलना गर्ने गरिन्छ। उनले २० वर्षको उमेर मै क्लब फुटबलमा एक सय गोल पुरा गरिसकेका थिए। 

नेइमारको जन्म  ५ फेब्रअरी १९९२ मा साओ पाउलोमा भएको हो। उनका बुबा सिनियर नेइमार पनि व्यावसायिक फुटबल खेलाडी थिए। त्यसैले उनले छोरालाई फुटबल खेलाडी बनाउन कुनै कसर बाँकी राखेनन्। 

नेइमार सानोमा साओ पाउलोको गरिब बस्ति मोगी डास क्रुजेजको खाल्टा–खुल्टी परेको बाटोमा फुटबल खेल्दैँ दिन बिताउँथे। छोराको प्रतिभाबाट परिचित उनका बुबाले सात वर्षको उमेरमा नेइमारलाई ‘पोर्चुगुएसा सान्टिस्टा’ क्लबको युथ क्याम्पमा भर्ना गराएका थिए। 

त्यतिबेला नेइमारका बुबाले उनको प्रशिक्षण र घर खर्च दुबैको आर्थिक भार उठाउनु पथ्र्यो। तर, सन् २००३ मा उनी ब्राजिलको चर्चित क्लब सान्तोषको स्काउटको नजरमा परे।

यसपछि उनको परिवारले दुःख गर्नु परेन्। उनी १५ बर्षको हुँदा क्लबले पारिश्रमिकबापत उनलाई मासिक १० हजार रियास दिन्थ्यो। १६ बर्षमा उनी मासिक १ लाख २० हजार खाने भइसकेका थिए। 

सोमबार मात्र २६ वर्ष टेकेका नेइमार हाल विश्व फुटबलकै सबैभन्दा महंगा खेलाडी हुन्। उनलाई यसै सिजनमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबले विश्व कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोना क्लबबाट किनेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

नेइमारका धेरै फ्यानहरू यस कुराबाट बेखबर हुन सक्छन्, उनलाई १४ वर्षको उमेरमा रियल म्याड्रिडले ट्रायलका लागि बोलाएको थियो। उनले ट्रायल दिएका पनि थिए। तर, उनको खेल कौशल र क्षमताबाट प्रभावित सान्तोष क्लबले फुच्चे नेइमारलाई म्याड्रिडमा बेच्न चाहेन। हो, यतिनै बेला सान्तोषमा उनको तलब ह्वात्त बढेको थियो। 

नेइमार सन् २००९ मा पहिलोपल्ट सान्तोषको सिनियर टोलीमा समावेश भएका थिए। उनी त्यही बर्ष ब्राजिलियन लिगको उत्कृष्ट युवा खेलाडी पनि घोषित भए। यसपछि उनको खेलको चारैतर्फ प्रशंसा भएको थियो। 

सन् २०१० मा प्रिमियर लिग क्लब वेस्टह्याम युनाइटेडले फुच्चे नेइमारका लागि १ करोड २० लाख पाउन्डको अफर सान्तोष क्लबसमक्ष राखेको थियो। अझ, चेल्सीले त्यसभन्दा बढी रकम खर्च गर्ने इच्छा देखायो। यतिबेला पनि सान्तोषले दुवै इङ्लिस क्लबको प्रस्ताव ठाडैँ अस्वीकार गर्यो। 

सन् १९६१ मा पेलेका लागि पनि सान्तोषले यस्तै रवैया अपनाएको थियो। त्यतिबेला पनि युरोपेली क्लबहरूले पेलेलाई भित्र्याउन भरमग्दुर प्रयास गरेका थिए। तर, ब्राजिली सरकारले नै पेलेलाई राष्ट्रिय सम्पत्ति घोषणा गर्यो। त्यसपछि युरोपेली क्लबको पेलेलाई ब्राजिलबाहिर खेलाउने योजना भताभुंग भयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेइमारलाई अहिले ब्राजिलमा पेलैकै हाराहारीको खेलाडी मान्नेको कमी छैन। बलमाथि उनको नियन्त्रण, तीब्रता र छलाउने शैलीबाट पेले पनि कायल छन्। त्यसैले पेलेले पहिल्यै भविष्यवाणी गरेका थिए– नेइमार अबको केही वर्षमा संसारकै उत्कृष्ट खेलाडीको रूपमा उदाउँदैछन्। 

त्यसैले उनले २०१० को विश्कपमै नेइमारलाई टिममा राख्न प्रशिक्षक डुंगालाई आग्रह गरेका थिए। तर, डुंगाले अनुभवको कमी भन्दै त्यतिबेला नेइमारलाई राष्ट्रिय टोलीमा राख्न मानेनन्। 

सन् २०१२ को क्लब विश्वकपमा ब्राजिलको सान्तोष क्लब एक्कासी बार्सिलोनासँग ४–० ले पराजित भयो। यसपछि ब्राजिलियन फुटबल संघलाई लाग्यो, नेइमारको क्षमतालाई देशभित्रै बन्धक बनाउनु हुँदैन्। २०१४ मा आफ्नै देशमा आयोजना हुने विश्वकप जित्नु छ भने नेइमारलार्ई युरोपेली फुटबलको अनुभव दिलाउनु आवश्यक छ। फुटबल संघको दबाबपछि सान्तोष क्लब उनलाई युरोप पठाउन राजी भयो। 

नेइमार सन् २०१३ मा ५ करोड ६० लाख पाउन्डमा अर्जेन्टिनाका अर्का स्टार स्ट्राइकर लिओनल मेसीकै क्लब बार्सिलोनामा पाँच बर्षका लागि अनुबन्धित भएका थिए। उनलाई बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याप नेउमा पहिलोपटक सार्वजनिक गर्दा ५७ हजार दर्शक उपस्थित थिए। 

नेइमारसँग तीब्र गतिमा बल कुदाउने र अचानक दिशा परिवर्तन गर्न सक्ने अनौठो कला छ। उनी दुवै खुट्टा उत्तिकै चलाउँछन्।

सन् २०१२ को ओलम्पिकमा पनि नेइमार ब्राजिलको फुटबल टोलीमा थिए। त्यतिबेला ब्राजिलले स्वर्ण जित्न नसक्दा उनको ठूलो आलोचना भएको थियो। तर, उनले २०१६ को ओलम्पिकमा आफ्नो कप्तानीमा ब्राजिललाई स्वर्ण जिताउँदै आफ्नो देशलाई ठूलो गुण लगाए। विश्व कपमा ब्राजिलले ५ वटा उपाधि जितेपनि ओलम्पिकमा यो देश स्वर्णविहिन रहदै आएको थियो। त्यो ‘डेड लक’ लाई तोड्ने काम उनै नेइमारले गरे। त्यसैले अहिले ब्राजिललगायत विश्वमा छरिएर रहेका उनका समर्थक उनको जन्म दिन विशेषरुपमा मनाउन सोसल मिडियामा जुटेर लागेका छन्। 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४  १७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्