काठमाडौं- पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटेको छ। नेपाल आयल निगमले मंगलबार दिउँसो १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७ रुपैयाँ, डिजेल र मट्टितेलको बिक्री मूल्य ९५ रुपैयाँ प्रतिलिटर तोकिएको छ।
स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजार मूल्य, मंगलबारबाट सुरु हुने पाइपलाइनबाट ढुवानी हुँदा हुने बचत र मुद्रा विनिमय दरको उतारचढावका कारण मूल्य घटेको निगमले जनाएको छ।
हवाई इन्धन र ग्यास सिलिण्डरको मूल्य भने यथावत छ।
आयल निगमले स्वतः सञ्चालित मूल्य संरचना लागु गरेपछि हालसम्ममा २५ पटक पेट्रोलियम पदार्थको मूल्य घटेको छ भने १८ पटक मूल्य बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।