काठमाडौंं- वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई डेंगु देखिएको छ। डा रुइतसहित उनका दुई छोरीलाई समेत डेंगुको संक्रमण देखिएको छ। उनीहरुको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ।
‘उहाँहरुलाई डेंगुको संक्रमण देखिएको छ, ३ दिनदेखि उपचार चलिरहेको छ,’ अस्पताल स्रोतले भन्यो।
नेपालमा तीन महिनाअघि देखि देखिएको डेंगुको संक्रमणले महामारीको रुप लिएको छ। देशभरका ५६ जिल्लामा डेंगु देखिएको छ भने करिब ४ हजार बढी मानिस संक्रमित भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ।
डेंगुकै कारण देशभर ६ जनाको मृत्यु भएको पृष्टि भइसकेको छ।
केहीदिन अघि मात्रै कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई डेंगुको संक्रमण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।