काठमाडौं- कवि नरेन्द्रकुमार नगरकोटीको एकल कविता वाचन शनिबार चितवनमा सम्पन्न भएको छ। ‘चियासँग कविता’को ४८औं श्रृङ्खलामा प्रस्तुत भएका कवि नगरकोटीले आफ्ना एक दर्जन कविता सुनाए।
कार्यक्रममा नगरकोटीको यसै महिना प्रकाशित कवितासंग्रह ‘सन्नाटाको लय’माथि अन्तरक्रियासमेत गरिएको थियो। होटल ग्लोबलमा आयोजित कार्यक्रममा भरतपुर आसपासका स्रष्टा र काव्यप्रेमीको उपस्थिति रहेको थियो। ‘चियासँग कविता’ कार्यक्रम प्रत्येक महिनाको शनिबार चितवनमा रहेका साहित्यकारहरूको जमघट हुने माध्यम पनि रहेको छ।
शाब्दिक बुक्सले प्रकाशित गरेको कवितासंग्रह सन्नाटाको लयमा नगरकोटीका साढे दुई दर्जन कविता संग्रहित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।