काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि वास्तविक मतपत्र सार्वजनिक गरेको छ।
५६ जनाको लागि हुने निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भइसकेका छन्। अब ३२ पदका लागि ५२ जनाबीच प्रतिस्पर्धा हुने आयोगले जनाएको छ। प्रदेश २ मा ८ जना नै निर्विरोध निर्वाचित भएका हुन्।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशका सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मत खसाल्नेछन्। राष्ट्रियसभाको निर्वाचन माघ २४ मा हुँदैछ।
प्रदेशको छुट्टाछुट्टै मतपत्र नमुना हेर्न तल क्लिक गर्नुहोस्-
प्रदेश १ को मतपत्र
प्रदेश ३ को मतपत्र
प्रदेश ४ को मतपत्र
प्रदेश ५ को मतपत्र
प्रदेश ६ को मतपत्र
प्रदेश ७ को मतपत्र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।