काठमाडौं- ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वमा मिश्रित परिणाम आएको छ।
नयाँ कार्यसमितिमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी भएका छन्। उनले वामपन्थी समूहबाट प्रत्यासी बनेका अञ्जान थापालाई पछि पारेका हुन्। सुवेदीले ५२१ मत ल्याएका थिए भने थापाले ४३८ मत प्राप्त गरेका थिए। सुवेदी ८३ मतान्तरसहित नयाँ अध्यक्ष बनेका छन्।
बहुमत सदस्यमा प्रजातान्त्रिक समूहले जित निकालेको छ। वरिष्ठ उपाध्यक्ष नवीन त्रिताल, प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्ष भरत सापकोटा प्रजातान्त्रिक समूहबाट विजयी भएका हुन्।
महासचिवमा विजयी भएकी सरिता लामा र सचिवमा विजयी दामोदर ढकाल वामपन्थी समूहका हुन्।
कोषाध्यक्ष ऋतु ग्यामदान (तामाङ), सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ, महिला सदस्य ङिमा दिकी शेर्पा, सदस्यमा सोनाम ग्याल्जेन शेर्पा, सिक्बिर घले, कान्छा शेर्पा, सनम शेर्पा, प्रेमबहादुर लामा, ठाकुरप्रसाद सापकोटा, मिङमा तेञ्जिङ शेर्पा र रामबहादुर गुरुङ चयन भएका छन्।
शुक्रबार भएको ४१ औं साधारणसभामा नयाँ नेतृत्वको निर्वाचनमा ९८१ मत खसेको थियो। टानमा एक हजार ३१९ प्रतिनिधि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।