काठमाडौं- सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबिबिएस प्रवेश परीक्षा तत्काल नगर्न अन्तरिम आदेश दिएको छ।
सर्वोच्चले शनिबारका लागि तय भएको आइओएमको प्रवेश परीक्षा तत्कालै रोक्न र छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो।
आयुष ओझाले चिकित्सा शिक्षा ऐन विपरीत परीक्षा लिन लागिएको भन्दै अदालतमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले शुक्रबार परीक्षा रोक्न आदेश दिएको हो।
यस्तो छ अदालतको आदेशः


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।