काठमाडौं– एनसेल लाभकरका विषयमा सर्वोच्च अदालतले गरेका निर्णयमाथि संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले अध्ययन गर्ने भएको छ।
शुक्रबार बसेको समितिको बैठकले विवादित उक्त विषयमा गरिएका विभिन्न फैसला अध्ययन गर्ने निर्णय गरेको हो।
एनसेल लाभकरलाई लिएर पछिल्ला दुई वर्षमा सर्वोच्चले पटकपटक गरेका आदेश, परामादेश, फैसलाहरु समितिले अध्ययन गर्नेछ। २०७४ पुस ३ देखि २०७६ भदौ ९ गतेसम्मका आदेश र फैसलाहरु अध्ययन गर्ने भएको हो।
उक्त अध्ययनअघि भने विज्ञहरुसँग छलफल गर्ने बताइएको छ।
गत साता सर्वोच्चले उक्त विषयमा फैसला गर्दै थाहा पाएको मितिदेखि मात्रै जरिवाना तिर्न भनेको थियो। जुन फैसलाको संघीय संसदमा समेत विरोध भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।