काठमाडौं- राष्ट्रिय स्तरका ११ विकास बैंकले चालु आर्थिक आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन्। अधिकांश विकास बैंकको प्रतिशेयर आम्दानी घटेको देखिएको छ।
लगानीकर्ताले आफूले लगानी गर्न लागेको शेयरको प्रतिशेयर आम्दानी (इपिएस) हेर्ने गर्दछन्। प्रतिशेयर आम्दानी राम्रो भएका कम्पनीले आकर्षक प्रतिफल दिन्छ भन्नेमा आमलगानीकर्ताको विश्वास रहेको देखिन्छ।
कम्पनीले आर्जन गरेको खुद मुनाफालाई कम्पनीको कुल साधारण शेयरले भागबण्डा गर्दा साधारण शेयरधनीहरुले प्रतिकित्ता शेयर बराबर कति कमाइ गरे भन्ने कुरा प्रतिशेयर आम्दानीले जनाउँछ।
दोस्रो त्रैमासमा लुम्बिनी विकास बैंकबाहेक अन्य बैंकको प्रतिशेयर आम्दनी घटेको छ। बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४९ पैसाले बढेको छ ।
कमाना सेवा विकास बैंकको मर्जरपछिको पहिलो दोस्रो त्रैमासिक विवरण भएकाले अघिल्लो वर्षको प्रतिशेयर आम्दानी समावेश गरिएको छैन।
प्रतिशेयर आम्दानीको आधारमा कुन बैंकको अवस्था कस्तो?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।