काठमाडौं– नेपाललाई ट्रान्जिट बनाएर युरोपमा मानव तस्करी गर्दै आएको एक समूह समातिएको छ। भारतीयसहित ५ जनाको समूहलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ परेको हो।
पक्राउ पर्नेहरुमा नारायण घिमिरे, झपेन्द्र थापा मगर, अर्जुन अर्याल, सन्दीप सिंह र रोनाल्ड गहतराज छन्। सिंह र गहतराज भारतीय हुन्।
उनीहरुले बंगलादेशी तथा नेपालीहरुलाई दिल्ली हुँदै युरोप पठाउने भनेर ठगी गर्दै आएको प्रहरीले जनाएको छ। उनीहरुलाई ठमेलको इन्काउन्टर होटलबाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले बंगलादेशी नागरिकहरुको १९ वटा पासपोर्ट समेत बरामद गरेको छ।
घिमिरेको पुतलीसडकमा निकिता ग्लोबल कन्सलटेन्सी छ भने गहतराजले पनि दिल्लीमा ग्लोबल ट्रेडिङ कन्सलटेन्सी सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, तिनै संस्थाको आवरणमा उनीहरुले ठगी गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।