धनुषा– गोली हानी फरार रहेका व्यक्ति धनुषामा पक्राउ परेका छन्। सिराहाको मिर्चैया–२ झौलीया बस्ने ३० वर्षीय मोहोमद लालु खानलाई २०७३ माघ १ गते गोली हानी गम्भीर घाइते बनाएको मुद्धामा फरार अभियुक्त धनुषाको कमला नगरपालिका–८ सोनापारा बस्ने २० वर्षीय सुनिलकुमार यादवलाई धनुषाको सहिदनगर नगरपालिका–८ धबौलीबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै मिथिला नगरपालिका–६ ढल्केबर बस्ने २२ बर्षीय जंगे भन्ने जंगबहादुर घिसिङ्गलाई ढल्केबर चोकस्थित भित्री कच्ची सडकबाट लुकाई छिपाई लिएर हिँडिरहेको अवस्थामा १ थान नालकटुवा पेस्तोल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।