काठमाडौं- एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ।
कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ हजार ८४ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ९ सय ९६ रुपैयाँ दिएको थियो।
नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी ५१ करोड २३ लाख २५ हजार रुपैयाँ छ। उक्त बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।