काठमाडौं- यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलब ५७ अंकले बढेर अन्तिम दिन १ हजार ४ सय ११ दशमलब ५२ अंकमा पुगेको छ। परिसूचक बढे पनि कारोबार रकममा भने २१ दशमलब २८ प्रतिशतले गिरावट आएको छ।
यस साता नेप्सेमा १ सय ७२ कम्पनीको एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार रुपैयाँ बराबरका ३४ लाख ७३ हजार २० कित्ता सेयर खरिद–बिक्री भएका छन् । जबकि अघिल्लो साता एक अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँ बराबरका ५० लाख ५९ हजार नौ सय ३० कित्ता सेयर खरिद-बिक्री भएका थिए।
त्यस्तै, ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलब ११ अंकले बढेर २ सय ९८ दशमलब १२ अंकमा आइपुगेको छ।
यस साता कारोबार रकमको आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा छ। कम्पनीको आठ करोड २५ लाख २० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
कारोबार रकमका आधारमा साताका ५ उत्कृष्ट कम्पनी:

यी कम्पनीको सेयर सूचीकृतः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।