काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले वन्यजन्तु तस्करीविरुद्ध बारामा गरेको ‘अप्रेसन’मा एक व्यक्ति पक्राउ परेका छन्।
संरक्षित वन्यजन्तु कस्तुरीको बिना सहित चितवनको चैनपुर घर भई बाराको जितपुर उपमहानगरपालिका–१ बस्ने ५६ वर्षीय बलबहादुर विश्वकर्मालाई सिआईबीले पक्राउ गरेको हो।
सिआईबी र ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले विश्वकर्मालाई बिहीबार बाराको जितपुर उपमहानगरपालिका–१ गोविन्द टोलबाट ५ सय ग्रामको कस्तुरीको बिना ११ थान सहित पक्राउ गरेको हो ।
विश्वकर्मालाई कारबाहीको लागि जिल्ला बन कार्यालय सिमरा बारामा बुझाइएको सिआईबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।