धादिङ– लागूऔषध तस्करीमा संलग्न एक ट्रक चालक धादिङमा पक्राउ परे्का छन्।
गजुरी बजारस्थित पृथ्वीलोकमार्गमा ना.३ ख ४३२४ नम्बरको ट्रकबाट करीब १ सय केजी चरेससहित चालक बारा पथलैया बस्ने ३७ वर्षीय रामकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ट्रकलाई चेक गर्दा चालक बस्ने क्याबिनमा लुकाई छिपाई राखेको ५ वटा बोरामा रहेको अवस्थामा उक्त चरेश बरामद भएको हो। लागूऔषध तस्करीमा संलग्न समूहले आर्थिक प्रलोभनमा पारी उनलाई तस्करीमा प्रयोग गरेको हुनसक्ने इप्रका गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सिना बताउँछन्।
त्यस्तै धादिङकै गजुरी गाउँपालिका २ बस्ने २४ बर्षीय गणेश रोक्कालाई प्रहरीले अवैध लागूऔषध गाँजा ५ के.जी. सहित पक्राउ गरेको छ ।
बेनिघाट रोराङ गाउँपालिका–६ स्थित चरौदि पुल नजिक बिहीबार प्रहरीले रोक्का सवार बा.४१ प ९०५५ नम्वरको मोटरसाइकल चेक गर्दा उक्त गाँजा बरामद भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।