काठमाडौं– नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले केहीबेरपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछिन्।
स्वराजले प्रधानमन्त्री निवासमै दिवाभोज समेत गर्ने कार्यक्रम छ। यसका लागि तयारी गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा उनी हिजो दुईदिने भ्रमणका लागि आएकी थिइन्। छोटो समयमा उनले राजनीतिक भेटघाटलाई तीव्र बनाइरहेकी छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।