एडिस अबाबा- इथियोपियामा यस वर्ष सन् २०१७ को पहिलो आठ महिनामा ७२ हजार ८९० जना शरणार्थीहरू भित्रिएका छन्।
अगस्ट ३१ सम्ममा सबैभन्दा धेरै दक्षिण सुडानबाट शरणार्थीहरू थपिएको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसिआर) ले जनाएको छ।
आयोगका सहायक सञ्चार अधिकृत किसुट गेब्रीग्जैभेरले दक्षिणी सुडानबाट मात्रै झन्डै ४४ हजार जना शरणार्थी इथियोपियामा थपिएको जानकारी दिए।
दक्षिणी सुडानपछि धेरै शरणार्थीहरू इथियोपिया भित्रिनेमा इरिट्रियाका १७ हजार र सोमालियाका ६ हजार ४ सय छन्।
“गृहयुद्धबाट बच्नका लागि दक्षिणी सुडानका नागरिकहरू इथियोपिया तर्फ भाग्ने गरेका हुन्। त्यसैगरी इरिट्रियाका जनता आफ्नो देशमा भएको मानवअधिकार विरोधी हिंसा र सोमालियाका जनता देशमा भएको द्वन्द्वका कारण इथियोपियामा शरणार्थी हुनुपरेको हो,” किसुटले भने।
इथियोपियाका ६ क्षेत्रीय राज्यमा रहेका २६ शरणार्थी शिविरमा आश्रित शरणार्थीहरूलाई उच्च आयोगको कार्यालयले आधारभूत सामाजिक सेवा प्रदान गरिरहेको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।