इश्लामाबाद (पाकिस्तान)- उत्तरपश्चिमी पाकिस्तानको एउटा आदिवासी बस्तीमा शुक्रबार अमेरिकी हवाई आक्रमण भएको छ।
सो आक्रमण कुराम क्षेत्रमा शुक्रबार बेलुका भएको अधिकारीहरूले बताएका छन्।
आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय उर्दु टिभी च्यानल एआरवाईले जनाएको छ। यसबारे विस्तृत विवरण आउन बाँकी छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।