काठमाडौं– सरकारले प्रधानन्यायाधीश र न्यायाधीशहरुको नयाँ तलब तोकेको छ। अर्थ मन्त्रालयले जनाए अनुसार अब प्रधानन्यायाधीशले ८६ हजार ९ सय ५० रुपैयाँ तलब पाउनेछन्। न्यायाधीशहरुको भने ७१ हजार ९ सय ५० रुपैयाँ मासिक तलब तोकिएको छ।
महान्यायाधिवक्ता र न्यायपरिषद् सदस्यले पनि न्यायाधीश बराबरको तलब पाउनेछन्।
मन्त्रिपरिषदको भदौ ४ गते बसेको बैठकको निर्णयअनुसार नयाँ तलबमान अर्थ मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले मंगलबार सार्वजनिक गरेको हो।
सरकारले संवैधानिक अंगका प्रमुखहरुको पनि तलब तोकेको छ। संवैधानिक अंगका प्रमुखले ६८ हजार १ सय ८० र पदाधिकारीले ६४ हजार ४ सय २० रुपैयाँ पाउनेछन्।
उच्च अदालतका मुख्य न्यायाधीशले ६८ हजार १ सय ८० रुपैयाँ पाउनेछन्। उनीहरुले संवैधानिक अंगका प्रमुख बराबर तलब पाउने सरकारले तोकेको स्केलमा उल्लेख छ। उच्च अदालतका न्यायाधीशले ६४ हजार ४ सय २० अर्थात् संवैधानिक अंगका पदाधिकारी बराबर पाउनेछन्।
जिल्ला न्यायाधीशले ५४ हजार ४ सय ३० रुपैयाँ तलब पाउनेछन्।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तले ६८ हजार १ सय ८० र पदाधिकारीले ६४ हजार ४ सय २० रुपैयाँ पाउनेछन्।
संसदको महासचिवले ६५ हजार एक सय ४० र सचिवले ६० हजार ६ सय ८० रुपैया पाउनेछन्।
कसको कति तोकियो तलब? हेर्नुस् सूची-


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।