काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानीकर्तालाई लाभांश दिने भएको छ। बैंकको माघ १८ गते बसेको सञ्चालक समितिको बैंठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो।
चार संस्थालाई गाभेर ७ अर्ब ६७ करोडभन्दा बढी पुँजी पुर्याोएको बैंकले लगानीकर्तालाई ३८ करोड ३९ लाख ७३ हजार ९२ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ।
साथै, बैंकले ३८ करोड ३९ लाख ७३ हजार ९२ रुपैयाँ बराबरको ५ प्रतिशत नै नगद लाभांश दिने प्रस्ताव गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।