काठमाडौं– थापाथलीस्थित बागमती खोला किनारमा दुई लागूऔषध कारोबारी समातिएका छन्। महानगरीय प्रहरी वृत्त अनामनगरले चित्र बहादुर बुर्जा मगर र मनोज थापालाई बुधबार पक्राउ गरेको हो।
उनीहरुको साथबाट नुर्फिन, डाईजेल्याब, फोनारगन लगायत लागूऔषध र सिरिञ्ज बरामद भएको वृत्तका डिएसपी अपिल बोहराले बताए। उनीहरु लागूऔषध दुव्र्यसनी समेत भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।