गुवाहाटी– भारतको पूर्वत्तोर राज्यको असममा सरकारी कर्मचारीले आफ्नो बाबु–आमालाई बुढेसकालमा हेरचाह गरेको नपाईए उनीहरुको तलब कट्टा गरिने कानुन पास भएको छ।
असम विद्यानसभाले शुक्रबार यो विधेयक पास गरेको हो। यसमा अविभावक मात्र होइन, आँखा नदेख्ने भाई–बहिनीको हेरविचार नगरेको खण्डमा पनि सरकारी कर्मचारीको तलबबाट मासिक १० प्रतिशतले रकम कट्टा गर्ने प्रावधान लागु गरेको छ।
कट्टा भएको रकम सोही कर्मचारीको अविभावक र भाई–बहिनीको हेरविचार र उपचारमा खर्च गर्ने बताइएको छ। सरकारले असम कर्मचारी अविभावक जवाफदेही एवम निगरानी विधेयक–२०१७ लाई पास गरेको हो।
राज्यमन्त्री हिमन्त विश्वकर्माले सदनमा यो विधेयक पेश गरेका थिए। उनले विधेयक पेश गर्ने क्रममा आफ्नो अविभावकको राम्रो हेरचाह नगरी बुद्धाश्रममा पठाउने क्रम बढेकोमा चिन्ता व्यक्त गरे। संसदमा छोटो चर्चा पछि यो विधेयक ध्वनीमतले पारित भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।