• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सरकारको प्राथमिकतामा विद्युतीय सवारी, कुन देशको अठोट के?

यस्तो छ विद्युतीय सवारीको इतिहास र वर्तमान
64x64
नेपाल लाइभ मंगलबार, भदौ १०, २०७६  १७:१०
1140x725

काठमाडौं- निजी प्रयोजनका लागि ल्याइने विद्युतीय सवारीमा १० प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ भने सार्वजनिक प्रयोगको विद्युतीय सवारीमा १ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ। यो कानुनले प्रस्ट पार्छ कि सरकारले वातावरणमैत्री सवारीलाई उच्च प्राथमिकतामा राखेको छ।

आइसी इन्जिनयुक्त सवारीमा लाग्ने करको तुलनामा विद्युतीय सवारी कर निक्कै न्यून रहेको छ। यसले पनि सरकार विद्युतीय सवारीलाई उच्च प्राथमिकता दिने नीतिमा रहेको बुझाउँछ। २०८५ सम्ममा प्रदेश ३ सरकारले विद्युतीय सवारीमात्र प्रयोगमा ल्याउने नीति लिएको छ। त्यस्तै संघीय सरकारले पनि विद्युतीय सवारीको संख्या बढाउँदै लगिने योजना बनाएको छ। 

नेपालमा दुईपांग्रे सवारीमा दर्जनभन्दा धेरै विद्युतीय सवारी बजारमा आएका छन्। तर, त्यसले अपेक्षाकृत बजार लिन सकेको देखिँदैन। चारपांग्रे सवारीमा महिन्द्राको रेभाबाट सुरु भएको विद्युतीय सवारी महिन्द्राकै इटुओ, बिवाइडी, किया सोलइभी, हुन्डाई आयोनिक र कोना, किया निरो, दाय हुँदै अउडी इ–ट्रोनसम्म नेपाल भित्रिएका छन्। 

त्यसका सथै मास ट्रान्सपोर्टेसनमा समेत विद्युतीय बस आउने तय भइसकेको छ। सुन्दर यातायात प्रालि काठमाडौं उपत्यकामा विद्युतीय सब सञ्चालनको तयारीमा छ। त्यस्तै सरकारले साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराएर विद्युतीय बस सञ्चालनको तयारीमा रहेको छ। यसले नेपालमा पनि विद्युतीय सवारीको प्रयोग र आकर्षण बढाइ रहेको देखिन्छ। इन्धन आयात गर्नुपर्ने हाम्रो जस्तो देशका लागि विद्युतीय सवारी एक विकल्पको रुपमा रहेको छ। 

फोसिल फ्यूल (डिजेल/पेट्रोल) को भण्डारण निश्चित भएको र यस्ता इन्धनबाट चल्ने सवारीसाधनले अधिक प्रदूषण गरेकाले यसको विकल्पको रूपमा विद्युतीय सवारी आइरहेका छन्। विगतका वर्षहरूमा विद्युतीय कारको त्यति धेरै महत्व थिएन। तर, पछिल्लो समय विद्युतीय सवारीप्रति राज्य तथा नागरिकहरूमा चासो बढेको छ।

विश्वका ठूला सवारी निर्माताहरूले समेत विद्युतीय सवारीलाई उच्च प्राथमिकता दिन थालेका छन्। दुईपांग्रे सवारीमात्र होइन, चारपांग्रे सवारी हुँदै ठूला मास ट्रान्सपोर्टका साधन उत्पादनमा समेत विभिन्न कम्पनीहरूले ठूलो धनराशी खर्चन थालेका छन्।

विश्वका मुख्य सवारी उत्पादक जनरल मोटर्स, फक्सवागन ग्रुप, डिमलर एजी,  फोर्ड, बिएमडब्लू, होन्डा लगायत कम्पनीहरू विद्युतीय सवारी उत्पादनमा प्राथमिकताका साथ लागेका छन्। विद्युतीय सवारी वास्तविक रूपमा नयाँ केही होइन। तर, यसको इतिहास उल्लेखनीय रहेको छ। ब्याट्रीको शक्तिबाट चल्ने सवारीको क्षमताबारे सबै प्रस्ट भई नै सकेको छ।

विद्युतीय सवारीको इतिहास
सन् १८९९ र १९०० मा अमेरिकामा अन्य सवारीको तुलनामा विद्युतीय कारहरू बढी बिक्री हुने गरेको थियो। अमेरिकामा १९०० मा ४ हजार १ सय ९२ कार उत्पादन भएकोमा त्यसमध्ये २८ प्रतिशत विद्युतीय कार थिए। पेट्रोल तथा स्टिम–पावर्ड इन्जिनको तुलनामा विद्युतीय सवारीको धेरै विशेषता उल्लेख गरिएको थियो १९०० मै। त्यतिबेला सवारी उत्पादकहरूले विद्युतीय सवारीले ध्वनी प्रदूषण नगर्ने, भाइब्रेसन नआउने, गन्ध नआउने लगायत फाइदाको प्रचार गरेका थिए। विद्युतीय सवारी चलाउनसमेत सजिलो हुने गरेको थियो। अहिले पनि यही विशेषताले विश्वलाई आकर्षित गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

१९२० मा हेनरी फोर्डले पेट्रोलियम पदार्थ बाल्ने क्षमता भएको इन्जिन विकास गरिसकेका थिए। यो इन्जिन जडित कार विद्युतीय कारको तुलनामा सस्तो बनेको थियो। उक्त समयमा फोर्डले पेट्रोल इन्जिन युक्त गाडीको मास प्रोडक्सन थालिसकेको थियो। उदाहरणका लागि १९१२ मा इलेक्ट्रिक कार १ हजार ७ सय ५० अमेरिकी डलमा बिक्री हुन्थ्यो भने पेट्रोल कार ५ सय ५० अमेरिकी डलरमै बिक्री हुन्थ्यो।

१९६०/७० को दशकमा पुनः विद्युतीय कारप्रति सबैको चासो बढेको थियो। कारण थियो प्रदूषण नियन्त्रणको मुद्दा। योसँगै सवारी उत्पादकहरू ई–कार उत्पादनमै केन्द्रित हुन थालेका हुन्। १९७० को दशकमा मिनिएचर कम्युटर कार ज्यादै लोकप्रिय हुन पुग्यो। त्यतिबेलाको ‘सिटीकार’ टप स्पिड ४४ एमपिएच (माइल पर आवर) थियो, जबकि सामान्य क्रुजकारको स्पिड ३८ एमपिएच र रेन्ज ५० देखि ६० माइल थियो। त्यतिबेलाको अर्को चर्चित कार एलकारको उच्च गति ४५ एमपिएच र रेन्ज ६० माइल्स थियो।

सवारी उत्पादक कम्पनीहरूले विद्युतीय सवारीको प्रविधि विकासमा लगानी बढाउन थाले। बिएमडब्लूले १९७२ को ओलम्पिकमा आफ्नो पहिलो विद्युतीय कार सार्वजनिक गरेको थियो। उक्त कारमा टुवेल्भ लिड–एसिड स्टाटर ब्याट्री राखिएको थियो। त्यसमा ४२ हर्सपावर इलेक्ट्रिक मोटर रहेको थियो। यो कारको अधिकतम गति ६२ एमपिएच र रेन्ज ३७ माइल थियो। 

लामो खोज र अनुसन्धानपछि भारतले समेत विद्युतीय कार उत्पादन गरेको थियो सन् २००१ मा। भारतको पहिलो ई–कार रेभा हो। उक्त कारको लक्षित बजार बेलायत थियो। यद्यपि रेभाको बजार भारत नै हुन सक्ने बताइएको थियो। अहिले महिन्द्राले मात्र होइन, टाटादेखि मारुती सुजुकीसम्मले विद्युतीय सवारी उत्पादनको लक्ष्य लिइसकेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् २०१६ मा भारतमा भएको अटो एक्पोमा महिन्द्राले मात्र एउटा मोडलको विद्युतीय कार प्रदर्शनीमा राखेकोमा २०१८ को अटो एक्पोमा दर्जनभन्दा बढी कम्पनीका ४०/५० मोडलका विद्युतीय सवारी तथा कन्सेप्ट कार प्रदर्शन गरिएको थियो। २०२० को फेब्रुअरीमा दिल्लीमा हुने अटो एक्सपो २०२० मा यो संख्या दोब्बरभन्दा धेरै हुने अनुमान गरिएको छ। 

अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले विद्युतीय सवारीको बृहत् बजारका लागि ठूलो योजना ल्याएको छ। पहिलो पटक कम्पनीले मास मार्केटका लागि २०१७ मा मोडल–३ बजारमा ल्याउने थियो। यो मोडल–३ मा २ सय माइल्सभन्दा धेरै रेन्जसहितको विशेषता रहेको छ। टेस्ला अहिले पनि विश्व इलेक्ट्रिक कार बजारमा प्रमियम ब्रान्डको रुपमा रहेको छ। 

लङ–रेन्ज इलेक्ट्रिक कार निर्माणमा फराडे फ्युचर विशेषता टेस्ला लगायतले प्रयोग गर्दै रहेका छन्। यसले विद्युतीय सवारी उत्पादनमा व्यापक परिवर्तन ल्याउने अनुमान गरिएको छ। फराडे प्युचर अझै विस्तार हुने अनुमान छ, तर यस्तो कार २०२० सम्ममा मात्र सडकमा आउने टेस्लाले जनाएको छ।

विद्युतीय सवारीमात्र प्रयोग गर्ने घोषणा गरेका देश
बृहत शून्य–प्रदूषण परियोजनाकै रूपमा विश्वव्यापी रूपमा कार्यान्वयन गराउन देशहरू सक्रिय भएका छन्। यसका लागि विश्वव्यापी रूपमा विद्युतीय सवारीको उपलब्धता आवश्यक छ। पछिल्लो समय विश्वका सबैजसो सवारी उत्पादक कम्पनीहरूले अर्बौं डलर विद्युतीय सवारी उत्पादन तथा त्यसमा प्रयोग हुने ब्याट्री प्रविधिको लागत कम गराउन लगानी गरिरहेका छन्।

त्यसका साथै विद्युतीय सवारीको विकल्पको रुपमा शून्य प्रदूषण सवारी हाइड्रोजन फ्युलसेल लगायत प्रविधिको विकासमा समेत सवारी उत्पादक कम्पनीहरु लागिपरेका छन्। 

त्यस्तै विभिन्न देशले निश्चित समयसीमा तोकेर आफ्नो देशका सडकमा विद्युतीय सवारीमात्र सञ्चालन गर्न पाइने उल्लेख गरेका छन्। 

हालसम्म विद्युतीय सवारीमात्र सञ्चालन गर्न पाइने समयसीमा तोक्ने मुलुकहरू :
बेलायत
बेलायतले सन् २०४० देखि नयाँ ग्यासोलाइन तथा डिजेल कारको बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। देशको वायु प्रदूषणमा भएको वृद्धिलाई नियन्त्रण गर्न यस्तो निर्णयमा पुगेको जनाएको छ। त्यस्तै सन् २०५० सम्ममा बेलायतले देशको सडकलाई शून्य–प्रदूषण क्षेत्र हुने भनिएको छ।

स्कटल्यान्ड
स्कटल्यान्डले आफ्नो देशमा सन् २०३२ देखि डिजेल तथा पेट्रोलबाट चल्ने नयाँ कार बिक्री प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो बेलायतको भन्दा ८ वर्षअघि हो। 

फ्रान्स
फ्रान्सको राजधानी पेरिसको नियामक निकायले पेरिस सहरमा सन् २०३० देखि सबैखाले पेट्रोल/डिजेल कारमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको छ। यो विश्वको धेरै पर्यटक आउने सहरमध्येमा पर्दछ। त्यस्तै फ्रान्सले विश्वव्यापी तापमान वृद्धिबाट बच्न सन् २०४० देखि देशभर डिजेल तथा पेट्रोलबाट चल्ने सवारीको विक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ। 

नर्वे
स्क्यान्डिनेभियन देश नर्वेले सन् २०२५ देखि डिजेल तथा पेट्रोलबाट चल्ने सवारीको बिक्री बन्द गर्ने बताएको छ। नर्वेले विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्न ‘पोलुटर पे’कार प्रणाली लागू गर्ने तथा शून्य प्रदूषण गर्ने सवारी खरिद गराउन पहल गर्ने जनाएको छ। विद्युतीय सवारीको वृहत्तर विस्तारका लागि ‘ग्रिन ट्याक्स सिस्टम’लगाई स्वच्छ यातायातलाई प्राथमिता दिने नर्वेको योजना छ। 

अस्ट्रेलिया
अस्ट्रेलियाले नयाँ गैरविद्युतीय सवारीको बिक्रीमा प्रतिबन्ध लगाउने बारे छलफल गरिरहेको छ। सन् २०२५ देखि ३० भित्रै पेट्रोल तथा डिजेलबाट चल्ने सवारीको बिक्री गर्न नपाइने नियम बनाउने योजना अस्ट्रेलियाको छ।

नेदरल्यान्ड्स
डच सरकार सन् २०३० सम्ममा देशभर विद्युतीय सवारीमात्र विक्री गर्न पाइने नियम लागू गर्ने गरि काम गरिरहेको छ। २०३० मा नेदरल्यान्डमा सञ्चालनमा रहेका सबै कार चलाउन नपाइने हो वा डिजेल तथा पेट्रोलबाट चल्ने नयाँ कार चलाउन रोक लगाइएको कुरा प्रस्ट भने भइ सकेको छैन।

फिनल्यान्ड
फिनल्यान्ड पनि डिजेल तथा पेट्रोल कार बिक्री रोक्ने देशहरूको सूचीमा जोडिन इच्छुक देखिएको छ। फिनल्यान्ड सरकार सन् २०३९ देखि डिजेल तथा पेट्रोल इन्जिनबाट चल्ने कारको बिक्रीमा प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेको छ।

भारत
भारतले सन् २०३० देखि देशमा बिक्री हुने सबै सवारी विद्युतीय हुनुपर्ने घोषणा गरेको छ। भारतको ठूला उद्योग मन्त्रालय र नीति आयोगले देशमा विद्युतीय सवारीलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने विषयमा काम गरिरहेको छ। भारतको नीति आयोगले २०२५ सम्ममा सबै दुईपांग्रे सवारी विद्युतीय हुनु पर्ने विषयमा उत्पादकहरुसँग केही समय अघि छलफल गरेको थियो। 

चीन
चीन सरकारले सन् २०३० सम्ममा सवारीसाधनबाट हुने कार्बन प्रदूषण नियन्त्रण गर्ने दाबी गरेको छ। तथापि चीनले देशमा रहेका सवारी उत्पादक कम्पनीहरूलाई फोसिल फ्यूलबाट चल्ने सवारी बिक्री गर्न नपाइने मिति भने तय गरिसकेको छैन। तर चीन सरकार नियामक निकायहरूसँग पेट्रोल तथा डिजेलबाट चल्ने सवारीको बिक्री कहिलेदेखि रोक्ने भन्ने समयसीमा तोक्न तीव्र रुपमा काम गरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ बिहीबार, कात्तिक १२, २०८३
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्