भोपाल– भारतको मध्यप्रदेशमा स्वास्थ्य सेवा भेन्टिलेटरमा पुगेको छ। यसको पछिल्लो तस्बीर मध्यप्रदेशको ब्यावरा जिल्लामा देखिएको छ। ब्यावराको सिभिल अस्पतालमा पुजा बाई नाम गरेकी एक महिला रुखको मुनि उपचारका लागि एउटा बेडमा पल्टिरहेको अवस्थामा भेटिइन्।
बिरामी राख्ने त्यो बेडमा न कुनै गद्दा थियो, न कुनै तकिया नै। अस्पताल प्रशासनले आफूसँग ३० वटा मात्र बेड भएको तर बिरामीको चाप अत्याधिक बढेपछि ८० रोगी भर्ती गरेको बताएको छ। प्रशासनले नर्स र चिकित्सक पनि कम रहेको स्पष्टीकरण दिएको छ।
गमर्भवती महिलालाई रुखको मुनि राखिएको र ग्लुकोजको बोतल रुखमा टाँगेको विषयलाई लिएर विपक्षी पार्टी भारतीय कांग्रेसले सरकारसँग स्पष्टीकरण माग गरेको छ। मध्यप्रदेशको ५१ जिल्लामा अस्पताल छन्। जसमा ६६ वटा सिभिल अस्पताल रहेको छ। यो प्रदेशको जनसंख्या करिब ८ करोडको हाराहारीमा छ। यहाँ १५ हजार चिकित्सको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।