काठमाडौं- सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ।
निरन्तर बढिरहेको सुनको भाउ मंगलबार भने सामान्य घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ७२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको भाउ ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो।
सुनको भाउ घटे पनि चाँदीको भने यथावत् छ। चाँदीको भाउ तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।