काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले ब्याट्रीबाट स्टार्ट हुने तर पेट्रोलबाट सञ्चालन हुने गाडीलाई हाइब्रिड मान्न नसकिने बताएका छन्।
नाडा अटो शो उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ब्याट्रीबाट इन्जिन स्टार्ट हुने तर पेट्रोलियम पदार्थ नभई नचल्ने सवारीसाधनलाई हाइब्रिड भन्न नसिकने बताएका हुन्।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीमा मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा ५० प्रतिशत छुटको योजना ल्याएको थियो। यसैको दुरुपयोग गरेर व्यवसायीहरुले गलत स्पेसिफिकेसनका गाडीलाई पनि हाइब्रिड भन्दै भित्र्याउन थालेपछि सरकारले कडाई गरेको थियो।
अर्थमन्त्री खतिवडाले सवारीसाधन व्यवसायीकै बीचमा हाइब्रिड गाडीबारे मुख खोलेका हुन्।
सिजी मोटो कर्पले आयात गरेका त्यस्ता सवारी साधन विवादमा परेका थिए। सिजीलाई कर फिर्ता गर्न भन्सारले पत्राचार गरिसकेको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।