• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नाडा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भने- सरकारको पहिलो प्राथमिकता विद्युतीय सवारी

64x64
नेपाल लाइभ मंगलबार, भदौ १०, २०७६  ११:१४
1140x725

काठमाडौं- आजबाट काठमाडौंको भृकुटीमण्डपमा सवारी तथा सवारीजन्य वस्तुहरुको ‘कुम्भमेला' 'नाडा अटो शो २०१९' सुरु भएको छ। शोको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गरेका छन्।

अटव शोको उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारको पहिलो प्राथमिकतामा विद्युतीय सवारी र गाडी एसेम्बलिङ उद्योग रहेको बताए। सवारी आयात गर्दा २० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गर्न चाहनेलाई सरकारले अवस्था हेरेर छुट दिँदै जाने उनले व्यवसायीसमक्ष प्रतिबद्धता जनाए।

'सवारी व्यवसायमा आयातलाई भन्दा उत्पादनमा सरकारले जोड दिन्छ,' उनले भने, 'त्यसमा पनि सार्वजनिक सवारीमा विद्युतीय सवारीलाई पहिलो प्राथमिकतामा राख्छौं। हाइब्रिड कार पनि सरकारको प्रथमिकतामै छ। यसले वातावरण प्रदुषण र पेट्रोलियम पदार्थको खपत कम गर्छ।'

अटो शो सवारी किन्नेहरुका लागि उपयुक्त स्थान र समय हुँदै हो भने सवारी बिक्रेताहरुका लागि ठूलो उत्सवसमेत रहिआएको छ।

अटो शो दसैं सुरु हुनु एक महिनाअघि देखि हुने भएकाले सवारी बिक्रेताहरुले वर्षभर बिक्री गर्ने सवारीको करिब ४० प्रतिशत अटो शो तथा दसैंतिहरको समयमा बिक्री गर्ने गरेको व्यवसायीहरुको भनाइ छ।

अटो शोमा उपभोक्ताले एकै ठाउँमा धेरै ब्रान्डका धेरै मोडल हेर्न तथा रोज्न पाउँछन् भने सवारी बिक्रेताले एकै ठाउँमा अधिक उपभोक्ता पाउँछन्। यसले पनि नाडा अटो शो आफैंमा एउटा ब्रान्डको रुपमा नेपाली बजारमा स्थापित भइसकेको छ। उसो त संसारभर हुने अटो शोहरुले आफ्नो ब्रान्ड बनाउने गरेका छन्।

नेपालमा उपलब्ध सबैजसो दुईपांग्रे, चारपांग्रे सवारी र सवारीजन्य उत्पादन नाडा अटो शोमा प्रदर्शनी हुँदै आएको छ। सवारी खरिद गर्ने उपभोक्ताहरुका लागि पनि अन्य समयको तुलनामा केही सस्ता र विभिन्न उपहार योजनाहरु पाइने हुँदा यो नै उपयुक्त समय मानिन्छ। यही सहभागिता र बिक्रीको हिसाबले पनि नाडा अटो शोलाई सवारी तथा सवारीजन्य वस्तुको कुम्भमेला भनिएको हो।

व्यवसायी तथा उपभोक्ताको सहभागिता नै नाडा अटो शोको मुख्य विशेषता भएको अटो नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहाल बताउँछन्। ‘अटो शोमा सवारी बिक्रेता तथा उपभोक्ता आमनेसामने हुन्छन्। त्यहाँ सवारी कम्पनीहरुले उपभोक्तालाई आफ्नो उत्पादनबारे भरपुर जानकारी दिन्छन्,’ दाहालले भने, ‘उपभोक्ताले आफ्नो चाहना र रोजाइ अनुसारको सवारी खरिद गर्न सक्छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ-नयाँ ब्रान्डका कार तथा मोटरसाइकल र मोडल भित्रिनु अटो शोको अर्को विशेषता भएको दाहालको भनाइ छ। सवारी कम्पनीहरु जसरी नयाँ र परिष्कृत मोडलका सवारी ल्याउँछन्। उपभोक्ताहरु पनि त्यही अनुसार बुझेर आउन थालेको व्यवसायीहरुले बताए।

सवारी किन्नेका लागि मात्र नभई सवारीसम्बन्धी अध्ययन गर्न चाहने व्यवस्थापन, अटोमोबाइल इन्जिनियरिङ लगायतलाई समेत अटो शोले फाइदा पुर्‍याउने नाडाका महासचिव सुनिल रिजालले बताए। उनले थपे, 'अटो शोले उपभोक्तालाई पनि सवारीबारे पूर्ण ज्ञान लिई आफ्नो रोजाइमा रहेको सवारी खरिद गर्ने अवसर दिन्छ।'

अटो शोबाट व्यवसायीले मात्र नभई अन्य धेरै पक्ष लाभन्वित हुन्छन्। अटो शोले समग्र अटो उद्योग नै मोविलाइज हुने व्यवसायीहरुको भनाइ छ। यो अर्थमा पनि नाडा आटो शो सवारीका लागि नेपाली कुम्भमेला नै हुनेगरेको छ।

अटो शोमा नेपालमा उपलब्ध सबै कम्पनीलाई समावेश गर्न सकिने अवस्था स्थान अभावका कारण नरहेको नाडाको भनाइ छ। तथापि अधिकांश कम्पनीहरुलाई समावेश गर्न कोसिस गरिएको आयोजकले बताएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भृकुटीमण्डपमा भदौ १० देखि १५ गतेसम्म हुने अटो शोमा दुईपांग्रे र चारपांग्रे गरि ४१ वटा ब्राण्डका सवारी कम्पनीले सहभागिता जनाएका छन्। स्थान अभावका कारण गत वर्षदेखि नाडाले अटो शोमा कमर्सियल सवारीलाई सहभागी गराउन छाडेको छ।

मेलामा सवारी साधनको प्रदर्शनीका साथै सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिज कम्पनीहरूको पनि सहभागिता रहनेछ। नाडा अटोमाबाइल एसोसिएसन अफ नेपालले सवारी, पार्टपुर्जा तथा यससँग सम्बन्धी एसोसिरिजहरुको प्रदर्शनी नाडा अटोमा वर्षेनी गर्दै आएको छ।

जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत राखिने छन्। यो वर्ष बैंक तथा वित्तीय संस्थाहरुको समेत सहभागिता रहेको छ। अवलोकनकर्ताहरूको सुविधालाई लक्षित गर्दै र व्यवस्थापनमा समेत सहज हुने भएकाले दुईपांग्रे, चारपांग्रे तथा वित्तीय संस्थाहरूको लागि छुट्टाछुट्टै स्थान निर्धारण गरिएको छ।

नाडाले आठौं संस्करणदेखि मेला वर्षेनी गर्न थालेको हो। त्योभन्दा अघि हरेक दुई वर्षमा गर्दै आएको थियो। यसले पनि उपभोक्तामा सवारीको महत्व बढ्दै भएको व्यवसायीहरुले बुझेको प्रष्ट हुन्छ। अटो शोमा व्यवसायीहरुले उपभोक्ता आकर्षित गर्न विभिन्न उपहार, स्किम, डोर प्राइजलगायत योजना ल्याउने गरेका छन्, जुन अन्य समयमा पाइँदैन।

अटो शोमा निम्न कुरामा ध्यान दिनुहोस्
विश्वमा अटो शो भन्नेबित्तिकै सबैको ध्यान तानेकै हुन्छ। मध्यम र उच्च परिवारको लागि विशेषगरी अटो शोमा आकर्षण गर्न छुट तथा नयाँ-नयाँ सवारीको समेत सार्वजनिक गरिन्छ। नेपालमा पनि प्रत्येक वर्ष नाडा अटो शो हुने गरेको छ। दुईपांग्रे देखि चारपांग्रे सवारीका उपभोक्ताहरु अटो शोमा गाडी खरिदको लागि विभिन्न योजना बनाइरहेका छन्।

तपाईं यदि अटो शो अवलोकन गरी सवारी खरिद गर्दै हुनुहुन्छ भने निम्न कुरामा ध्यान दिनुहोस्-

कस्तो सवारी खरिद गर्ने योजना बनाउनुहोस्
सबैभन्दा पहिले तपाईं गाडी खरिद गर्ने योजना बनाएर अटो शोमा जाँदै हुनुहुन्छ भने आफूले खरिद गर्ने सेगमेन्टका गाडी अझै सक्नुहुन्छ भने ब्रान्डसमेत पहिले नै छान्नुपर्दछ।

यदि पहिले छान्न सक्नुभएन भने अटो शोमा कुन मोडलका कस्ता-कस्ता गाडीहरु राख्दैछन् जानकारी लिनुहोस्। अटो शोमा पुगेरै छान्न खोज्दा धेरै मोडल र ब्रान्ड हुने भएकोले अलमलिन सक्नुहुन्छ।

धेरै समय छुट्याएर जानुहोस्
अटो शोमा हेरेर फर्कनेगरी भन्दा पनि आफूले खरिद गर्ने गाडीको 'टेस्ट ड्राइभ'समेत गर्नेगरी समय निकाल्नुहोस्। सकेसम्म सबै स्टलहरु हेर्नुस्।

यदि समयले साथ नदिएमा आफूले खरिद गर्ने ब्रान्डको स्टलमा जान सक्नुहुन्छ वा अटो शोको अवलोकनबाटै तपाईंले खरिद गर्ने सवारीको अन्तिम निर्णय लिन पनि सक्नुहुन्छ। धेरै स्टलहरु हुने भएकोले समय पर्याप्त चाहिने हुन्छ।

तयारीसहित जानुहोस्
तपाईंले खरिद र हेर्न चाहेका सवारीको बारेमा अध्ययन र तयारी गरेर जानुहोस्। मोडलहरुको सकेसम्म फोटो वा फिचरहरुको बारेमा अध्ययन गरेर जानुहोस्। त्यसो गर्दा तपाईंलाई अटो शोमा झनै सजिलो हुन्छ। साथै आफूले खरिद गर्ने गाडीको बजेटको बारेमा समेत अध्ययन गरेर जानुहोस्। जसले गर्दा सवारी छनोटमा तपाईंलाई थप सहजता थपिन्छ।

परिवारसँग छलफल गर्नुहोस्
अटो शोमा सवारी खरिद गर्नुभन्दा पहिले आफ्नो परिवारसँग छलफल गर्नुस्। एक्लैको निर्णय गलत पनि हुनसक्छ। परिवारमा आफ्ना बालबच्चाको समेत रुचीको ख्याल गर्नुस्, जसले परिवारिक सुख प्राप्ति हुन्छ।

शोका अन्य गतिविधिमा समेत सहभागी हुनुहोस्
अटो शो गइसकेपछि सवारीसहित, लुब्रिकेन्ट, स्पेयर पार्ट्स् तथा बिमा र अटो लोनका विषयमा समेत जानकारी लिनुहोस्। साथै सडक सुरक्षाका बारेमा समेत जनचेतना कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा समेत सहभागी हुनुहोस्, जसले सडक अनुशासनका विषयमा तपाईंले बुझ्ने मौका पाउनुहुन्छ।

धेरै प्रश्न गर्नुहोस्
अटो शोमा गइसकेपछि आफूले खरिद गर्न लागेको सवारीको बारेमा प्रर्दशकहरुसँग धेरै प्रश्न गर्नुहोस्। जसले गर्दा तपाईंलाई सवारीका फिचरको बारेमा धेरै जानकारी प्राप्त हुन्छ। (फाइल तस्बिर)

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  ११:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ बिहीबार, कात्तिक १२, २०८३
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्