काठमाडौं- प्रिमियर इन्स्योरेन्स कम्पनीको एफपिओ बाँडफाँट भएको छ।
कम्पनीको एफपिओ गोलाप्रथाबाट बाँडफाँट गर्दा ६५ हजार ९ सय ५१ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ जनाको हातमा ११ कित्ताका दरले सेयर परेको छ।
कम्पनीको एफपिओमा १ लाख ८३ हजार ८ सय ४६ वटा आवेदन परेका थिए। कुल ५२ करोड ६९ लाख ९२ हजार ४ सय ३५ रुपैयाँ बराबरको एफपिओका लागि ३ अर्ब २२ करोड ५८ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो।
हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड ८५ लाख ३ हजार ८ सय रुपैयाँ छ। एफपिओपछि चुक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार ३ सय रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।