• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत ८, २०८२ Sun, Mar 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

माथिल्लो कर्णालीमा जिएमआरले जुटाउन सकेन पैसा, कानुन भन्छ- सम्झौता खारेज गरिनुपर्छ

64x64
नेपाल लाइभ मंगलबार, भदौ १०, २०७६  १६:४०
1140x725

काठमाडौं- माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्न नसक्ने भएको छ।

उक्त आयोजनामा लगानी जुटाउन जिएमआरलाई लगानी बोर्डले दोश्रोपटक थपेको म्याद गुजारेको पनि ११ महिना बितिसकेको छ। लगानी बोर्डले लगानी भित्र्याउन बारम्बार ताकेता गरिरहे पनि जिएमआरले माथिल्लो कर्णालीका लागि पैसा जुटाउन नसकेको बोर्डका प्रवक्ता बलराम रिजालले जानकारी दिए।

 ‘हामीले बारम्बार ताकेता गरिरहेका छौं। उसले पनि म्याद थप गर्नका लागि आग्रह गर्दै आएको छ। तर, बोर्डले तेश्रो पटक म्याद थपिसकेको छैन,’ रिजालले भने।

माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको १० वर्ष तथा परियोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएको ५ वर्ष बितिसकेको छ।

२०७१ साल असोज ३ गते लगानी बोर्ड र जिएमआरबीच भएको पिडिएअनुसार परियोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन दुई वर्षभित्र अर्थात २०७३ असोज ३ गते भित्र गरिसक्नुपर्ने सर्त राखिएको थियो। तर, जिएमआरले पिडिएमा उल्लेख भएको प्रावधानअनुसार सो दुई वर्षभित्र लगानी जुटाउन सकेन। त्यसपछि पनि लगानी बोर्डले उसलाई वित्तीय व्यवस्थापन गर्न भन्दै दुईपटक म्याद थप गरिसकेको छ। उक्त कम्पनीलाई दिइएको दोस्रो पटकको समयसीमा २०७५ असोज ३ गते नै सकिसकेको छ।

दुई पटकसम्म थपिएको म्याद गुजारिसकेको जिएमआरले तेस्रो पटक समय थप गर्न दबाब दिँदै आएको छ। जिएमआरको मागअनुसार लगानी बोर्डको सञ्चालक समितिको ३९औं बैठकमा म्याद थप गर्ने वा नगर्ने विषयमा सामान्य छलफल भए पनि म्याद थप भने गरिएको थिएन।

पछिल्लो पटक जिएमआरले बंगलादेशमा विद्युत निर्यात् गर्ने भन्दै वित्तीय व्यवस्थापनको म्याद थमौतीका लागि अर्को प्रयास गरिरहेको छ। माथिल्लो कर्णाली आयोजनाबाट उत्पादन हुने ९ सय मेगावाट विद्युतमध्ये ५ सय मेगावाट विद्युत बंगलादेश पठाउन भन्दै जिएमआरले बंगलादेशसँग प्रारम्भिक सम्झौतासमेत गरिसकेको छ। 

के छ कानुनी व्यवस्था? 
'विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन,२०७५' ले गरेको व्यवस्था हेर्ने हो भने लगानी बोर्डले यसअघि नै जिएमआरले पाएको स्वीकृति रद्द गरिसक्नुपर्ने हो।

Ncell 2
Ncell 2

ऐनको दफा १८ मा विदेशी कम्पनीले नेपालका आयोजनामा लगानी गरिसक्नुपर्ने अवधि तोकिएको छ भने दफा ४३ ले विदेशी लगानी स्वीकृती बहाल रहने अवधि तोकेको छ।

दफा १८ अनुसार ‘विदेशी लगानी गर्न प्रचलित कानुनबमोजिम स्वीकृति प्राप्त गरिसकेका विदेशी लगानीकर्ताले तोकिएको न्यूनतम रकम तोकिएको अवधिभित्र लगानी गरिसक्नुपर्नेछ,’ भनी उल्लेख गरिएको छ। सोही दफाको उपदफा ३ मा मनासिब माफीको कारणबिना दफा १८ को उपदफा १ र २ वा 'दफा ४३ बमोजिमको अवधिभित्र लगानी नगर्ने उद्योगलाई प्रदान गरिएको लगानी स्वीकृति त्यस्तो स्वीकृति दिने निकायले रद्द गर्नेछ; भनी उल्लेख गरिएको छ।

सोही ऐनको दफा ४३ को उपदफा २ ‘क’ ले ‘कुनै मनासिब कारणबिना विदेशी लगानी स्वीकृत भएको मितिले २ वर्षभित्र त्यस्तो लगानी रकम नेपाल भित्र्याउन प्रारम्भ नगरेमा विदेशी लगानी स्वीकृत बहाल रहेको अवधि सकिएको मानिनेछ' उल्लेख छ।

यसरी, जिएमआरले लगानी जुटाउन तोकिएको मिति गुजारेपछि उसँगको सम्झौता लगानी बोर्डले रद्द गर्न सक्ने स्पष्ट व्यवस्था कानुनमा छ।

पछिल्ला घटनाक्रमहरु
परियोजना निर्माण नगरी ओगटेर मात्र राखेको जिएमआरले तोकिएको थप समयसम्म लगानी जुटाउन नसकेपछि सम्झौता नवीकरण नगर्न भन्दै पछिल्लो समय विरोध कार्यक्रमसमेत हुन थालेका छन।

यसका लागि माथिल्लो कर्णाली बचाऊ अभियान संघर्ष समिति नै गठन भएको छ। सत्तारुढ दलकै सांसदहरुले जिएमआरलाई च्यापेर राख्नुको औचित्य नरहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिन थालेका छन्।

गत फेब्रुअरी ११ बाट भारतमा आयोजना भएको दिगो विकाससम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिएर फर्किएपछि उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले 'पछिल्लो समय जिएमआर माथिल्लो कर्णालीको लाइसेन्स खोसिने हो कि भनेर सतर्क हुन थालेको' धारणा राखेका थिए।

फेब्रुअरी १९ अर्थात फागुन ७ मा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले आफू भारत भ्रमणका क्रममा जिएमआरसँग छलफल भएको र उसले केही समयभित्रै लगानी व्यवस्थापन गर्ने आश्वासन आफूलाई दिएको बताएका थिए।

‘आयोजना आफ्नो हातबाट खोसिनसक्ने भन्दै जिएमआर सतर्क देखिएको छ। लगानी जुटाउने समय गुज्रेको लामो समय बितिसक्दा पनि नेपालले म्याद नथपेका कारण आफ्नो हातबाट आयोजना नै गुम्ने होकी भन्दै सशंकित बनेको मैले पाएँ। उसले दुई/तीन महिनाभित्रै विद्युत खरिदबिक्री सम्झौता (पिपिए) समेत गरिसक्ने प्रतिवद्धता जनाएको छ,’ पुनले भनेका थिए।

तर, उर्जामन्त्रीको उक्त भनाइ आएको ६ महिना बितिसक्दा पनि अवस्था भने फेरिएको छैन।

माथिल्लो कर्णालीमा पैसा जुटाउन नसकेको भारतीय कम्पनी जिएमआरले लगानी सम्मेलनपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भने चासो देखाउँदै आएको छ।

श्रीपेचको हिरा (डाइमन्ड अफ क्राउन)को रुपमा हेरिएको माथिल्लो कर्णाली कम लागतमा धेरै उत्पादन क्षमता भएको आयोजना हो। दैलेख, सुर्खेत र अछाम जिल्लामा बन्ने गरी प्रस्ताव गरिएको आयोजनाको लागत १ खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ। भारतीय कम्पनी जिएमआरले २०६६ सालमा आयोजना निर्माणका लागि अनुमतिपत्र पाएको थियो। (मुख्य तस्बिर : कर्णाली नदीको एरियल भ्यू। तस्बिर-पिन्टरेस्ट)

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन परिणाममा ‘प्रतिक्रिया मत’को प्रभाव देखिएको काँग्रेसको निष्कर्ष
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
सुनको मूल्य तोलामै साढे १२ हजारले घट्यो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निर्वाचन परिणाममा ‘प्रतिक्रिया मत’को प्रभाव देखिएको काँग्रेसको निष्कर्ष आइतबार, चैत ८, २०८२
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ आइतबार, चैत ८, २०८२
सुनको मूल्य तोलामै साढे १२ हजारले घट्यो आइतबार, चैत ८, २०८२
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा आइतबार, चैत ८, २०८२
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्