• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
माथिल्लो कर्णालीमा जिएमआरले जुटाउन सकेन पैसा, कानुन भन्छ- सम्झौता खारेज गरिनुपर्छ
64x64
नेपाल लाइभ मंगलबार, भदौ १०, २०७६  १६:४०
1140x725

काठमाडौं- माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्न नसक्ने भएको छ।

उक्त आयोजनामा लगानी जुटाउन जिएमआरलाई लगानी बोर्डले दोश्रोपटक थपेको म्याद गुजारेको पनि ११ महिना बितिसकेको छ। लगानी बोर्डले लगानी भित्र्याउन बारम्बार ताकेता गरिरहे पनि जिएमआरले माथिल्लो कर्णालीका लागि पैसा जुटाउन नसकेको बोर्डका प्रवक्ता बलराम रिजालले जानकारी दिए।

 ‘हामीले बारम्बार ताकेता गरिरहेका छौं। उसले पनि म्याद थप गर्नका लागि आग्रह गर्दै आएको छ। तर, बोर्डले तेश्रो पटक म्याद थपिसकेको छैन,’ रिजालले भने।

माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको १० वर्ष तथा परियोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएको ५ वर्ष बितिसकेको छ।

२०७१ साल असोज ३ गते लगानी बोर्ड र जिएमआरबीच भएको पिडिएअनुसार परियोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन दुई वर्षभित्र अर्थात २०७३ असोज ३ गते भित्र गरिसक्नुपर्ने सर्त राखिएको थियो। तर, जिएमआरले पिडिएमा उल्लेख भएको प्रावधानअनुसार सो दुई वर्षभित्र लगानी जुटाउन सकेन। त्यसपछि पनि लगानी बोर्डले उसलाई वित्तीय व्यवस्थापन गर्न भन्दै दुईपटक म्याद थप गरिसकेको छ। उक्त कम्पनीलाई दिइएको दोस्रो पटकको समयसीमा २०७५ असोज ३ गते नै सकिसकेको छ।

दुई पटकसम्म थपिएको म्याद गुजारिसकेको जिएमआरले तेस्रो पटक समय थप गर्न दबाब दिँदै आएको छ। जिएमआरको मागअनुसार लगानी बोर्डको सञ्चालक समितिको ३९औं बैठकमा म्याद थप गर्ने वा नगर्ने विषयमा सामान्य छलफल भए पनि म्याद थप भने गरिएको थिएन।

पछिल्लो पटक जिएमआरले बंगलादेशमा विद्युत निर्यात् गर्ने भन्दै वित्तीय व्यवस्थापनको म्याद थमौतीका लागि अर्को प्रयास गरिरहेको छ। माथिल्लो कर्णाली आयोजनाबाट उत्पादन हुने ९ सय मेगावाट विद्युतमध्ये ५ सय मेगावाट विद्युत बंगलादेश पठाउन भन्दै जिएमआरले बंगलादेशसँग प्रारम्भिक सम्झौतासमेत गरिसकेको छ। 

के छ कानुनी व्यवस्था? 
'विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन,२०७५' ले गरेको व्यवस्था हेर्ने हो भने लगानी बोर्डले यसअघि नै जिएमआरले पाएको स्वीकृति रद्द गरिसक्नुपर्ने हो।

Ncell 2
Ncell 2

ऐनको दफा १८ मा विदेशी कम्पनीले नेपालका आयोजनामा लगानी गरिसक्नुपर्ने अवधि तोकिएको छ भने दफा ४३ ले विदेशी लगानी स्वीकृती बहाल रहने अवधि तोकेको छ।

दफा १८ अनुसार ‘विदेशी लगानी गर्न प्रचलित कानुनबमोजिम स्वीकृति प्राप्त गरिसकेका विदेशी लगानीकर्ताले तोकिएको न्यूनतम रकम तोकिएको अवधिभित्र लगानी गरिसक्नुपर्नेछ,’ भनी उल्लेख गरिएको छ। सोही दफाको उपदफा ३ मा मनासिब माफीको कारणबिना दफा १८ को उपदफा १ र २ वा 'दफा ४३ बमोजिमको अवधिभित्र लगानी नगर्ने उद्योगलाई प्रदान गरिएको लगानी स्वीकृति त्यस्तो स्वीकृति दिने निकायले रद्द गर्नेछ; भनी उल्लेख गरिएको छ।

सोही ऐनको दफा ४३ को उपदफा २ ‘क’ ले ‘कुनै मनासिब कारणबिना विदेशी लगानी स्वीकृत भएको मितिले २ वर्षभित्र त्यस्तो लगानी रकम नेपाल भित्र्याउन प्रारम्भ नगरेमा विदेशी लगानी स्वीकृत बहाल रहेको अवधि सकिएको मानिनेछ' उल्लेख छ।

यसरी, जिएमआरले लगानी जुटाउन तोकिएको मिति गुजारेपछि उसँगको सम्झौता लगानी बोर्डले रद्द गर्न सक्ने स्पष्ट व्यवस्था कानुनमा छ।

पछिल्ला घटनाक्रमहरु
परियोजना निर्माण नगरी ओगटेर मात्र राखेको जिएमआरले तोकिएको थप समयसम्म लगानी जुटाउन नसकेपछि सम्झौता नवीकरण नगर्न भन्दै पछिल्लो समय विरोध कार्यक्रमसमेत हुन थालेका छन।

यसका लागि माथिल्लो कर्णाली बचाऊ अभियान संघर्ष समिति नै गठन भएको छ। सत्तारुढ दलकै सांसदहरुले जिएमआरलाई च्यापेर राख्नुको औचित्य नरहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिन थालेका छन्।

गत फेब्रुअरी ११ बाट भारतमा आयोजना भएको दिगो विकाससम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिएर फर्किएपछि उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले 'पछिल्लो समय जिएमआर माथिल्लो कर्णालीको लाइसेन्स खोसिने हो कि भनेर सतर्क हुन थालेको' धारणा राखेका थिए।

फेब्रुअरी १९ अर्थात फागुन ७ मा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले आफू भारत भ्रमणका क्रममा जिएमआरसँग छलफल भएको र उसले केही समयभित्रै लगानी व्यवस्थापन गर्ने आश्वासन आफूलाई दिएको बताएका थिए।

‘आयोजना आफ्नो हातबाट खोसिनसक्ने भन्दै जिएमआर सतर्क देखिएको छ। लगानी जुटाउने समय गुज्रेको लामो समय बितिसक्दा पनि नेपालले म्याद नथपेका कारण आफ्नो हातबाट आयोजना नै गुम्ने होकी भन्दै सशंकित बनेको मैले पाएँ। उसले दुई/तीन महिनाभित्रै विद्युत खरिदबिक्री सम्झौता (पिपिए) समेत गरिसक्ने प्रतिवद्धता जनाएको छ,’ पुनले भनेका थिए।

तर, उर्जामन्त्रीको उक्त भनाइ आएको ६ महिना बितिसक्दा पनि अवस्था भने फेरिएको छैन।

माथिल्लो कर्णालीमा पैसा जुटाउन नसकेको भारतीय कम्पनी जिएमआरले लगानी सम्मेलनपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भने चासो देखाउँदै आएको छ।

श्रीपेचको हिरा (डाइमन्ड अफ क्राउन)को रुपमा हेरिएको माथिल्लो कर्णाली कम लागतमा धेरै उत्पादन क्षमता भएको आयोजना हो। दैलेख, सुर्खेत र अछाम जिल्लामा बन्ने गरी प्रस्ताव गरिएको आयोजनाको लागत १ खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ। भारतीय कम्पनी जिएमआरले २०६६ सालमा आयोजना निर्माणका लागि अनुमतिपत्र पाएको थियो। (मुख्य तस्बिर : कर्णाली नदीको एरियल भ्यू। तस्बिर-पिन्टरेस्ट)

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्