काठमाडौं– बालकोटस्थित निवासमा भेट्न जाने व्यक्तिहरुको भीड बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटघाटको तालिका बनाएका छन्। पार्टी कार्यालय र संसदीय दलको कार्यालयमा मात्र हुने उनको सचिवालयले जनाएको छ।
ओलीका एक स्वकीय सचिवका अनुसार सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ३ बजेसम्म करिब चार घन्टा ओलीले कार्यकर्ता तथा विभिन्न व्यक्तिसँग पार्टी कार्यलयमा भेटघाट गर्नेछन्।
निवासमा अत्याबश्यक भेटहरु मात्र हुने उनको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।