तनहुँ– १४ वर्षअघि रोधीमा भएको झगडामा हत्या गर्ने व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। रिसिङ गाउँपालिका, गैराखुदी बस्ने डम्बर सिंह थापाको हत्यामा संलग्न श्रीप्रसाद थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
रोधीबाट फर्कने क्रममा विवाद हुँदा उनले मुक्का र लात्तीले हानेर हत्या गरेका हुन्।
घटनापछि फरार रहेका उनलाई प्रहरीले २०६२ को बैशाख १४ गते पक्राउ गरेको थियो। तर, त्यसबेला उनी एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए।
गत कात्तिक २० गते उच्च अदालत पोखराले उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला नमानी फरार रहेका उनलाई पक्राउ गरी अदालतमार्फत जेल चलान गरिएको तनहुँका एसपी उमेशराज जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।