काठमाडौं (एजेन्सी)– अमेरिका सन् २०१७ मा पनि विश्वको सबैभन्दा धनी देश बन्न सफल भएको छ। न्यु वर्ड वेल्थले सार्वजनिक गरेको रिपोर्टमा अमेरिका ६४ हजार ५ सय ८४ अर्ब डलरको कूल सम्पत्तिसहित विश्वको सबैभन्दा धनी देश बन्न सफल भएको हो।
प्रत्येक देशभित्र रहेका व्यक्तिहरूको कूल सम्पत्तिलाई आधार मानेर गरिएको सर्वेक्षणमा अमेरिकाले फेरि सबै देशलाई उछिनेको हो। सर्वेक्षणमा राज्यकोषको सम्पत्तिलाई समावेश गरिएको थिएन्।
अमेरिकापछि दोस्रो नम्बरमा चीनको स्थान छ। चीनको कूल सम्पत्ति २४ दशमलव ८ सय ३ अर्ब डलर बताइएको छ। तेस्रो स्थानमा जापान छ। उसको कूल सम्पत्ति १९ हजार ५ सय २२ अर्ब डलर आँकिएको छ।
यस्तै, बेलायत चौथो नम्बरमा छ। यसको कूल सम्पत्ति ९ हजार ९ सय १९ अर्ब डलर छ। पाँचौ स्थानमा रहेको जर्मनीको ९ हजार ६ सय ६० छ। सबैभन्दा रोचक कुरा भारत यो सूचीमा छैटौं स्थानमा छ। भारतको कूल सम्पत्ति ८ हजार २ सय ३० अर्ब डलर आँकिएको छ। सातौं स्थानमा रहेको फ्रान्सको ६ हजार ६ सय ४९ अर्ब डलर छ। आठौं नम्बरमा क्यानडा छ। उसको कूल सम्पत्ति ६ हजार ३ सय ९३ अर्ब डलर मानिएको छ।
नवौं स्थानमा अस्ट्रेलियालाई समावेश गरिएको छ। अस्ट्रेलियाको कूल सम्पत्ति ६ हजार १ सय ४२ अर्ब डलर आँकिएको छ। दशौं नम्बरमा इटाली छ। इटालीको कूल सम्पत्ति ४ हजार २ सय ७६ अर्ब डलर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।